काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कार्यवहाक कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाको सेथु एफसीले भारतीय महिला लिगमा चौथो जित निकालेको छ । टोलीले खेलमा पुनरागमन जित निकालेको हो ।
मंगलबार कोलकत्तामा भएको खेलमा सेथुले नीता फुटबल एकेडेमीलाई २–१ ले हरायो । टोलीको जितमा लिन्डाले दुबै गोल गरिन् । नीताको लागि प्यारीले एक गोल गरेकी हुन् ।
चौथो जितपछि टोलीले ६ खेल खेल्दा १३ अंक जोडेको छ । सेथु दोस्रो स्थानमा यथावत छ । यता, लगातार पाचौं जित निकाल्दै इष्ट बंगाल शीर्ष स्थानमा रहेको छ ।
यसअघि सेथुले पहिलो खेलमा किकस्टार्सलाई २–१, चौथो खेलमा नीता फुटबल एकेडेमीलाई ४–२ र पाँचौं खेलमा सेसा फुटबल क्लबलाई ५–० ले हराएको थियो । तेस्रो खेलमा गोकुलम केरेलासँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । यसअघि दोस्रो खेलमा इष्ट बंगालसँग टोली १–० ले पराजित भएको थियो ।
खेलमा प्यारीले सातौं मिनेटमा नीतालाई अग्रता दिलाएकी थिइन् । ७२औं मिनेटमा लिन्डाले बराबरी गोल फर्काइन् । खेल सकिन ९ मिनेटअघि सेथुको लागि लिन्डाले गोल गर्दै तीन अंक दिलाएकी हुन् ।
