पुस ८, २०८२ बुधबार | २२:२३:४८
एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना एन्फा यु-१६ युथ लिगः मछिन्द्र र एनआरटीको फराकिलो जित, चर्च ब्वाइजलाई पनि तीन अंक अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी पुलिस क्लब र रुप्सेबीच प्रायोजन सम्झौता थन्डरबोल्ट्स कपमा जेम्सको ह्याट्रिक अन्तर्राष्ट्रिय आइस स्केटिङमा नेपालले पहिलो पटक सहभागिता जनाउने इङ्ल्यान्डका खेलाडीप्रति सहानुभूति राख्न स्टोक्सको आग्रह अञ्जिलासम्मिलित सेथु इस्ट बङ्गालसँग पराजित विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा अन्तर्राष्ट्रिय तेक्वान्दोमा जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक ललितपुर मेयर कप ब्याड्मिन्टन यसै महिना

अफ्रिका कप अफ नेशन्सः नाटकीय खेलमा बुर्किना फासो विजयी

काठमाडौं । अन्तिम समयमा तीन गोलका साथ नाटकीय क्लाइमेक्स पाएको खेलमा बुधबार इक्वेस्ट्रियल गुएनालाई २–१ को नतिजामा निराश पार्दै बुर्किना फासोले मोरक्कोमा जारी ३५ औं अफ्रिका कप अफ नेशन्समा विजयी सुरुआत गरेको छ ।

समूह ‘इ’ को पहिलो खेलमा निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदासम्म दुवै तर्फबाट एउटै गोल भएको थिएन । १० जनामा सीमित इक्वेस्ट्रियल गुएनाका लागि ८६ औं मिनेटमा मार्भिन एनिबोहले अग्रता दिलाएका थिए । कार्लोस अकापोको पासमा उनले गोल गरेका थिए ।

त्यसअघि ५० औं मिनेटमा बुर्किना फासोका ब्रेटरान्ड ट्राओरेमाथि खराब फाउल गरेवापत इक्वेस्ट्रियल गुएनाका बासिलियो एनडोङले रातो कार्ड सामना गरेका थिए । रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा एनडोङलाई रातो कार्ड देखाएपछि बाँकी समय इक्वेस्ट्रियल गुएनाले १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

विपक्षी टोली १० जनामा सीमित हुँदाको ‘न्युमेरिकल एडभान्टेज’का बावजुद विपक्षी पोष्टमा प्रभावकारी नदेखिएको बुर्किना फासोका लागि जर्जी मिनोउन्गुले इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरेका थिए । उनले डांगो क्वाटाराको पासलाई गोलको दिशा दिएका थिए ।

इन्ज्युरी समय नै १० मिनेट थपिएको खेलमा बराबरी गोल गरेको तीन मिनेटपछि एडमण्ड टाप्सोबाले विजयी गोल गर्दै समूह ‘इ’ मा बुर्किना फासोलाई स्पष्ट तीन अंक दिलाए ।

अफ्रिकी फुटबलको सबभन्दा ठूलो प्रतियोगिताअन्तर्गत समूह ‘इ’ को अर्को खेलमा आजै राति ढिलोगरी अल्जेरिया र सुडानबीच प्रतिस्पर्धा हुनेछ भने समूह ‘एफ’मा आजै राती आइभोरी कोस्टले मोजाम्बिक तथा क्यामरुनले गाबोनसँग खेल्नेछन् । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I