पुस ८, २०८२ बुधबार | १५:११:३४
आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन लिभरपुलका इसाक दुई महिना मैदान बाहिर हुने आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन टेनिस हस्ती भेनस विलियम्स इटालियन मोडल आन्द्रिया प्रेटीसँग बैवाहिक सम्बन्धमा अञ्जिलाकाे सेथु र इष्ट बंगाल भिड्दै सेनेगलको प्रभावशाली जित, नाइजेरियालाई संघर्षमय तीन अंक सविताको सफल शल्यक्रिया, सबै खर्च एन्फाले बेहोर्ने आर्सनल लिग कपको सेमिफाइनलमा, चेल्सीसँग खेल्ने

आहाराराको २५ औं संस्करणको भव्य आयोजनाका लागि जिम्मेवारी विभाजन

पोखरा । अनाथ, असहाय तथा आर्थिक रुपमा बिपन्न बालबालिकालाई शिक्षासँगै फुटबल सिकाएर राष्ट्रिय स्तरका खेलाडी उत्पादनको लक्ष्यका साथ दुई दशकदेखि सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सहयोगार्थ हुँदै आएको आहारारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघमा हुने भएको छ ।

नेपाली फुटबलमा प्रत्येक वर्ष निरन्तर सबभन्दा लामो समयसम्म हुँदै आएको आहारारा पोखरा गोल्डकपको सफल आयोजनाका लागि आयोजक सहारा क्लबले मंगलबार अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा ३०१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ ।

लगातार २५ औं संस्करणसम्म प्रत्येक वर्ष आयोजना हुँदै आएको देशकै एकमात्र प्रतियोगिताको संयोजनको जिम्मेवारी सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले पाएका छन् । महासचिव गंगाराज पौडेल मुल आयोजक समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् भने प्रतियोगिताका लागि ५१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

रारा चाउचाउको उत्पादक गण्डकी नुडल्सको मुख्य प्रायोजनमा हुँदै आएको प्रतियोगितालाई सफल पार्नका लागि आयोजक सहारा क्लबले विभिन्न १८ उपसमिति पनि गठन गरेको छ । क्लबका पूर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकारहरुलाई उपसमितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरिएको क्लब अध्यक्ष एवं मूल आयोजक समिति संयोजक केशवबहादुर थापाले जानकारी दिए ।

सल्लाहकारमध्ये अर्थ संकलन व्यवस्थापन उपसमिति संयोजकमा सुनिलकुमार गुरुङ, प्रचारप्रसार संयोजकमा दीपेन्द्र श्रेष्ठ, शान्तिसुरक्षामा टीकाबहादुर कार्की र अतिथि सत्कारमा गणेशबहादुर भट्टराई संयोजक चयन भए ।

यसैगरी, सहभागी टिम सम्पर्क उपसमिति संयोजकमा पूर्व अध्यक्ष विक्रम थकाली, स्वयंसेवक परिचालनमा संस्थापक अध्यक्ष वसन्त थकाली, प्राविधिक एवं अनुशासनतर्फ मानार्थ सदस्य खेमबहादुर गुरुङ, आवास व्यवस्थापनमा मानार्थ सदस्य मुछेत्र गुरुङ, मञ्च व्यवस्थापनमा मानार्थ सदस्य प्रकाश शेरचन, प्राथमिक उपचारमा सल्लाहकार डा. रवीन्द्रप्रसाद श्रेष्ठ, विद्यालय समन्वयमा मानार्थ सदस्य जयलाल पुन संयोजक चयन भएका छन् ।

सचिवालय, शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र व्यवस्थापनमा निवर्तमान अध्यक्ष केशवराज बराल, आयोजक टिम तयारीमा पूर्व अध्यक्ष हरिराम गुरुङ (सुरज), टिम लियाजन व्यवस्थापनमा मानार्थ सदस्य लोकबहादुर गुरुङ, यातायात व्यवस्थापनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि अध्यक्ष ऐनकुमार शाही, संघ संस्था एवं शाखा समन्वयमा पूर्व अध्यक्ष वीरभद्र आचार्य, खेल मैदान व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङ र अनुगमनमा मानार्थ सदस्य नारायण कार्की छन् ।

क्लब अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको रजत महोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु समावेश गरी भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकमा क्लबका मानार्थ सदस्यहरु, सल्लाहकारहरु, युकेबाट नेपाल आएको सहारा युकेका सल्लाहकारहरु साथै क्लबका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुको उपस्थिति थियो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I