फाल्गुन २०, २०८२ बुधबार | १९:५२:४९
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

आइसिसी ट्वान्टी-२० टिम वरियतामा भारतको शीर्षता, नेपाल १७ औं स्थानमा

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले बुधबार जारी गरेको ट्वान्टी-२० टिम वरियतामा नेपाल १७ औं स्थानमा कायम रहेको छ ।

फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपको आयोजक भारत १९ हजार ३१२ अंकका साथ शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ । आइसिसीले वर्ष २०२५ को अन्त्यमा निकालेको बरियताका लागि भारतले कुल ७१ खेल खेल्दा अस्ट्रेलियाले ४२ खेलमा ११ हजार ६०९ अंक प्राप्त गरेको छ ।

यसैगरी इङ्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छैटौं, पाकिस्तान सातौं तथा विश्वकपको सहआयोजक श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान विश्व टिम वरियताको १० औं स्थानमा छन् ।

१७ औं स्थानमा रहेको नेपालभन्दा माथि आयरल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि छन् । नेपालले वर्ष २०२५ मा ४२ खेल खेल्दै ७ हजार ३८४ अंक जोडेको थियो । 

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपमा नेपाल समूह ‘सी’ मा बंगलादेश, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँगै परेको छ ।

नेपालको समूहका सबै खेल मुम्बईको वाङखडे रंगशालामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इङ्ल्यान्डसँग फेब्रुअरी ८ मा प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा फेब्रुअरी १२ मा इटालीसँग खेलेको तीन दिनपछि नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्नेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||