फाल्गुन २०, २०८२ बुधबार | १९:५३:२१
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बक्सिङ डे क्रिकेटको इङ्ल्यान्ड टिममा दुई परिवर्तन, आर्चर र पोपको ठाउँमा बेथेल र एट्किन्सन

काठमाडौं । अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा शुक्रबारबाट सुरु हुने इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको एसेज शृंखलाअन्तर्गतको चौथो टेस्टका लागि भ्रमणकारी टोलीले पहिलो ११ खेलाडीको सूचि सार्वजनिक गरेको छ ।

‘बक्सिङ डे’ टेस्टका रुपमा बहुप्रतिक्षित टेस्टअघि पाँच खेलको शृंखलामा इङ्ल्यान्ड ३–० ले पछि परिसकेको छ । मेलबर्नमा हुने चौथो टेस्टका लागि भ्रमणकारी टिमले अघिल्लो खेल (तेस्रो टेस्ट) बाट दुई परिवर्तन गरेको छ । एडेलेइडमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इङ्ल्यान्डमाथि ८२ रनको जित हासिल गरेको थियो ।

बायाँ हाते ब्याटिङ अलराउन्डर ज्याकोब बेथेलले चौथो टेस्टका लागि टिममा स्थान पाएका छन् । उनलाई तीन नम्बरमा राखिएको छ । यसैगरी तिब्र गतिका बलर गुस एट्किन्सन पनि अघिल्लो खेलको अनुपस्थितीपछि टिममा फर्किएका छन् ।

एट्किन्सन जोफ्रा आर्चरको स्थानमा टिममा फर्किएका हुन् । आर्चर चोटका कारण शृंखलाका बाँकी खेल खेल्न नसक्ने भएका छन् । आर्चरसँगै ब्याटर ओली पोप पनि चौथो टेस्टको टिमबाट बाहिरिएका छन् ।

इङ्ल्यान्डको ११ः
ज्याक क्रली, बेन डकेट, ज्याकोब बेथेल, जोए रुट, ह्यारी ब्रुक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकिपर), विल ज्याक्स, गुस एट्किन्सन, ब्राइडन कर्स, जोस टंग ।

एसेश तालिकाः
पहिलो टेस्ट– पर्थ रंगशाला, नोभेम्बर २१–२२ (अस्ट्रेलिया ८ विकेटले विजयी)
दोस्रो टेस्ट– गाबा, डिसेम्बर ४–७ (अस्ट्रेलिया ८ विकेटले विजयी)
तेस्रो टेस्ट– एडलेइड ओभल, डिसेम्बर १७–२१ (अस्ट्रेलिया ८२ रनले विजयी)
चौथो टेस्ट– एमसिजी, डिसेम्बर २६–३०
पाँचौं टेस्ट– सिडनी क्रिकेट मैदान, जनवरी ४–८


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||