फाल्गुन २०, २०८२ बुधबार | १९:५४:४४
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

आइसिसी ट्वान्टी-२० अलराउन्डर वरियताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को ट्वान्टी-२० को अलराउन्डर विश्व वरियताको आठौं स्थानमा कायम रहेका छन् ।

पाकिस्तानका साइम अयुब विश्वको शीर्ष अलराउन्डर हुँदा दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् । वेस्ट इन्डिजका रोस्टन चेज तेस्रो तथा भारतका हार्दिक पण्ड्या चौथो स्थानमा छन् ।

ऐरीभन्दा माथि पाकिस्तानका मोहम्मद नवाज पाँचौं स्थानमा छन् भने अफगानिस्तानका मोहम्मद नाबी छैटौं तथा वेस्ट इन्डिजका रोमारियो सेफर्ड सातौं स्थानमा छन् ।

अलराउन्डरको शीर्ष १० मा अटाउन सफल हुने अन्य खेलाडीमा अफगानिस्तानका अज्मातुल्लाह ओमारजाई नवौं तथा भारतका अक्षर पटेल १० औं स्थानमा छन् ।

वर्ष २०२५ को ट्वान्टी–२० विधाका अलराउन्डर वरियतामा नेपालका कुशल भुर्तेल २६ औं स्थानमा परेका छन् । शीर्ष १०० मा नेपालका ६ खेलाडी समावेश हुँदा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल ४२ औं स्थानमा कायम छन् ।

यसैगरी अघिल्लो वरियतामा ४९ औं स्थानमा रहेका गुल्सन झा एक स्थान तल झरेर ५० औं स्थानमा पुगेका छन् । कुशल मल्ल ८७ औं स्थानमा कायम छन् भने करण केसी एक स्थान तल झरेर ९८ औं स्थानमा पुगेका छन् ।

त्यस्तै बलिङ बरियताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती हुँदा शीर्ष १०० मा नेपालबाट ३ खेलाडी समेटिएका छन् ।

नेपाली राष्ट्रिय टिमका ललित राजवंशी अघिल्लो वरियताबाट एक स्थान तल झरेर ७९ औं स्थानमा पुग्दा दीपेन्द्रसिंह ऐरी ८० तथा सन्दीप लामिछाने ८८औं स्थानमा कामय छन् ।

त्यस्तै ब्याटिङ वरियताको शीर्ष स्थानमा पनि भारतकै अभिशेक शर्मा छन् । ब्याटिङ वरियताको शीर्ष १०० मा नेपालबाट ऐरीसहित ४ खेलाडी परेका छन् ।

अलराउन्डर वरियताको शीर्ष १० मा रेका ऐरी बलिङ र ब्याटिङ वरियताको पनि शीर्ष १०० मा छन् । ऐरी ब्याटिङ वरियताको ७३ औं स्थानमा झरेका छन् । यो उनको अघिल्लो वरियताभन्दा एक स्थान तल हो ।

यसैगरी नेपालका कप्तान रोहित पौडेल ७५, आसिफ शेख ७७ र कुशल भुर्तेल ७८ औं स्थानमा कायम छन् । 

बुधबारै सार्वजनिक गरिएको ट्वान्टी–२० टिम वरियतामा नेपाल १७ औं स्थानमा कामय छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||