फाल्गुन २०, २०८२ बुधबार | १९:५३:३२
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

विश्वकप तयारीलाई भारत भ्रमण गर्दै न्युजिल्यान्डः घरेलु टोलीसँग खेल्ने एकदिवसीय र ट्वान्टी-२० शृंखलाको टिम घोषणा

काठमाडौं । न्युजिल्यान्डले फेब्रुअरी ७ बाट भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीस्वरुप अर्को महिना भारत भ्रमण गर्ने भएको छ ।

दक्षिण एसियाली कन्डिसनसँग अभ्यस्त हुने उद्देश्यमा गरिन लागेको भारत भ्रमणमा न्युजिल्यान्डले घरेलु टोली भारतसँग तीन एकदिवसीय तथा पाँच ट्वान्टी-२० खेलको शृंखला खेल्नेछ ।

न्युजिल्यान्डले भारत भ्रमणका लागि एकदिवसीय तथा ट्वान्टी-२० दुवै टिम घोषणा गरेको छ । चोटबाट पुनरागमन जनाएका मिचेल सान्टनर ट्वान्टी-२० टिमको कप्तानमा निरन्तर हुनेछन् भने एकदिवसीय टिमको नेतृत्व जिम्मेवारी मिचेल ब्रेसवेलले पाएका छन् ।

ब्रेसवेलको कप्तानीमा घोषित एकदिवसीय टोलीमा अदी असोक, क्रिस्टियन क्लार्क, जोन क्लार्कसन, डेभन कनवे, जाक फल्कर्स, मिच हे, काइल जेमिसन, निक केली, जेडन लेनक्स, डारिल मिचेल, हेनरी निकोलस, ग्लेन फिलिप्स, मिचेल रे र विल योङ छन् ।

यसैगरी ट्वान्टी-२० टोलीको कप्तानमा सान्टनर रहँदा मिचेल ब्रेसवेल, मार्क च्याम्पम्यान, डेभन कनवे, ज्याकोब डफी, जाक फल्कर्स, माट हेनरी, काइल जेमिसन, बेभोन ज्याकोब्स, डारिल मिचेल, जेम्स निसम, ग्लेन फिलिप्स, राचिन रविन्द्र, टिम रोबिन्सन र इस सोधी परेका छन् ।

न्युजिल्यान्ड र घरेलु टोली भारतबीचको शृंखलाअन्तर्गत सुरुमा तीन एकदिवसीय खेल हुनेछ । त्यसपछि पाँच ट्वान्टी-२० खेलको शृंखला हुने तालिका छ ।

एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेल जनवरी ११ मा बरोडामा हुनेछ भने दोस्रो एकसदिवसीय खेल १४ जनवरीमा राजकोट तथा तेस्रो खेल १८ जनवरीमा इन्दोरमा हुनेछ ।

ट्वान्टी-२० शृंखला जनवरी २१ मा सुरु हुनेछ । पहिलो खेल नागपुरमा हुनेछ भने दोस्रो खेल २३ जनवरीमा राजपुरमा हुनेछ । यसैगरी तेस्रो खेल जनवरी २५ मा असाम तथा चौथो खेल जनवरी २८ मा विसाखापट्टनममा हुनेछ । शृंखलाको अन्तिम खेल जनवरी ३१ मा त्रिभेन्दपुरममा हुनेछ ।

गत जुनमा दुई देशका क्रिकेट बोर्डले यो भ्रमणको तालिका तय गरेका थिए । न्युजिल्यान्डको भारत भ्रमणलाई फेब्रुअरी ७ बाट सुरु हुने आइसिसी ट्वान्टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ ।

मार्च ८ सम्म भारत र श्रीलंकाका विभिन्न सहरमा चल्ने विश्वकपमा भारत समूह ‘ए’ तथा न्युजिल्यान्ड समूह ‘डी’ मा परेको छ ।

भारत रहेको समूह ‘ए’ मा पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘डी’ मा न्युजिल्यान्डसहित दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानाडा र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

भारतले समूह चरणमा पाकिस्तानविरुद्धको खेल कोलम्बोमा फेब्रुअरी १५ मा खेल्नेछ । त्यसवाहेक भारतका सबै खेल आफ्नै देशमा हुनेछन् । टोलीले समूहको पहिलो खेलका लागि मुम्बईमा अमेरिकालाई निम्त्याउनेछ भने दोस्रो खेल नामिबियासँग दिल्लीमा खेल्नेछ ।

समूहको तेस्रो खेलका लागि पाकिस्तानको सामना गर्न कोलम्बो भ्रमण गरेपछि अन्तिम खेल खेल्न भारतले फेब्रुअरी १८ मा अहमदाबाद फर्किएर नेदरल्यान्ड्सलाई निम्त्याउनेछ ।

समूह ‘डी’ अन्तगृतका सबै खेल पनि भारतमै हुनेछन् । न्युजिल्यान्डले चेन्नईमा प्रतियोगिता सुरु भएको भोलीपल्ट फेब्रुअरी ८ मा अफगानिस्तानसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्नेछ ।

न्युजिल्यान्डको दोस्रो खेल फेब्रुअरी १० मा चेन्नईमै युएईविरुद्ध हुनेछ भने तेस्रो खेलमा टोलीले अहमदाबादमा दक्षिण अफ्रिकासँग फेब्रुअरी १४ मा प्रतिस्पर्धा गर्नेछ । समूह चरणअन्तर्गत न्युजिल्यान्डको अन्तिम खेल फेब्रुअरी १७ मा चेन्नईमा क्यानाडाविरुद्ध हुनेछ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||