पुस २७, २०८२ सोमबार | १५:४२:५०
प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस

लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र

काठमाडौं । लामो समयदेखि विवादको घेरामा जाकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको एजेन्डामा छलफल गर्न भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरुलाई बैठकका लागि बोलाएको छ ।

एन्फाका महासचिव किरण राईले शुक्रबार शीर्ष डिभिजनका सबै १४ क्लबलाई पत्र लेख्दै मंसिर ४ गते बिहीबारका लागि बैठक बोलाएका हुन् । सबै क्लबका अध्यक्ष र महासचिवलाई बोलाइएको बैठक एन्फा मुख्यालयमा बिहान १० बजे सुरु हुने बताइएको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको पछिल्लो संस्करण २०८० जेठमा सम्पन्न भएको थियो । त्यसयता शीर्ष डिभिजनको लिग गर्न नसकेको विषयलाई लिएर नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा सवत्र्र आलोचित छ ।

जेन्जी आन्दोलनपछि गठित सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पटक-पटक एन्फा, क्लब तथा खेलाडीहरुसँग छुट्टाछुट्टै तथा संयुक्त बैठक गरेर ‘जसरी पनि लिग गर्नुपर्ने’ अडान राखेका थिए । त्यहीअनुरुप मन्त्री गुप्ताले एन्फालाई दबाब दिइरहेको बताइएको छ ।

यसैगरी तीन वर्षदेखि बेरोजगार हुनुपरेको भन्दै खेलाडीहरु तत्काल लिग गर्नुपर्ने मागसहित इतिहासमै पहिलो पटक सडक आन्दोलनमा उत्रिएका थिए । गतसाता सडक आन्दोलनमा उत्रिने क्रममा खेलाडीहरुले विरोधस्वरुप आफूले जितेका अन्तर्राष्ट्रिय पदकहरु पनि एन्फाको गेटमा झुण्ड्याएका थिए ।

यसैबीच मन्त्री गुप्ताको दबाबमा मंगलबार सिंहदरबारस्थित मन्त्रालयकै सभाकक्षमा एन्फा र क्लबबीच १२० दिनभित्र शीर्ष डिभिजनको लिग गर्ने सहमती भएको बताइएको थियो । त्यहीअनुरुप एन्फाले क्लबहरुलाई पत्र काटेको जनाएको छ ।

जवकि अघिल्लो साता सोमबार एन्फा र क्लबहरुबीच यो वर्ष पनि ‘ए’ डिभिजन लिग नगर्ने, त्यसको साटो यो वर्ष पुषमा राष्ट्रिय लिग गर्ने सहमती भएको थियो । खेलाडीहरुले त्यसैको विरोधस्वरुप कुनै पनि हालतमा ‘ए’ डिभिजन लिग गर्नैपर्ने र आफूहरु त्यसको कुनै पनि विकल्प स्वीकार्न तयार नरहेको भन्दै आन्दोलित भएका थिए । 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||