कार्तिक ७, २०८२ शुक्रबार | २०:२४:४१
नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो

इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई

काठमाडौं । सिलोङमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत इरानविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले गोलपोस्टमा अञ्जिला तुम्बापो सुब्बालाई मौका दिँदा लेफ्ट ब्याक हिराकुमारी भुजेलले पुनरागमन जानएकी छन् ।

गत वर्ष काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको पहिलो खेलमा हिराले एसियल (एन्टेरियर क्रुसिएट लिगामेन्ट, घुँडामा लाग्ने एकप्रकारको गम्भीर चोट) सामना गरेकी थिइन् । जसका कारण उनी पछिल्लो ११ महिनायता मैदान बाहिर थिइन् । साफ च्याम्पियनसिपपछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन जनाएकी हिराले पहिलो खेलमै पहिलो रोजाईमा आफ्नो स्थान बनाएकी हुन् । त्यस्तै गत जुलाईमा उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटका तीनवटै खेलमा बेन्चमा सीमित भएकी अञ्जिलाले पनि गोलपोस्टको जिम्मेवारीमा पुनरागमन जनाएकी हुन् ।

५–४–१ को रक्षात्मक शैलीमा उत्रिरहेको नेपालका लागि हिरासँगै निशा थोकर, पुजा राना, समीक्षा घिमिरे र बिमला बिक ‘डिफेन्सिभ लाइन’मा रहनेछन् । सेन्ट्रल मिडफिल्डमा रेनुका नगरकोटे र प्रीति राई छन् । त्यस्तै रेखा पौडेल र सवीता रानामगरले दायाँ र बायाँ साइडबाट टोलीको आक्रमण बुन्नेछन् । अग्रपङक्तिमा सावित्रा भण्डारी छिन् ।

पहिलो खेलमा भारतमाथि २-० को जित हासिल गरेको इरानले आज नेपाललाई हराए प्रतियोगिताको उपाधि जित्नेछ ।

जवहारलाल नेहरु रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६ः१५ बजे हुनेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain