कार्तिक ७, २०८२ शुक्रबार | १७:४६:०१
इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला

अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने

काठमाडौं । अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा बोसिस्टोलाई निरन्तरता दिएको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई भित्र्याएको थियो ।

‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुवैबीच पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’

पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय बोसिस्टोले सात खेलमा दुई अर्धसतकसहित १९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

एनपिएको तयारीमा व्यस्थ कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी  कर्णालीसँगै पोखराएभेन्जर्स विराटनगर किंग्स, चितवन राइनोज,, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain