काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएको छ ।
यससँगै दुई खेलको टेस्ट शृंखला १-१ को बराबरीमा सकिएको छ। पहिलो टेस्टमा पाकिस्तान ९३ रनले विजयी भएको थियो ।
रावलपिन्डी क्रिक्ट रंगशालामा पाकिस्तानले प्रस्तुत गरेको ६८ रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करमले ४२ र रायन रिकेल्टनले अविजित २५ रन बनाए ।
पाकिस्तानका लागि दुवै विकेट नोमन अलीले लिए ।
पाकिस्तानले दोस्रो इनिङमा १३८ रन मात्रै बनाउन सकेपछि दक्षिण अफ्रिकाले ६८ रनको लक्ष्य प्राप्त गरेको थियो ।
दोस्रो इनिङमा पाकिस्तानका लागि बाबर आजमले ८७ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी सलमान आगाले २८, मोहम्मद रिजवानले १८। राजिद खानले १३ र साउल शकिलले ११ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि साइमन हार्मरले ६, केशव महाराजले दुई र कागिसो रावडाले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले पहिलो इनिङमा सबै विकेट गुमाउँदै ३३३ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ४०४ रन बनाएपछि पाकिस्तान ७१ रनले पछि परेको थियो ।