मंसिर २४, २०८२ बुधबार | ०७:२०:११
एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित

पोखरा रंगशालाको प्यारापिट फेरिदै

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित ।

काठमाडौं । प्यारापिटमा रहेको प्लाइ उड जिर्ण बन्दै गएपछि अहिले पोखरा रंगशालाको मर्मत सम्भार भइरहेको छ ।

जिल्ला खेलकुद विकास समिती कांस्कीको प्रत्यक्ष निगरानीमा भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले रंगशालाको मर्मत थालेका हुन् । करिब दुई महिला अघि मर्मत सम्भार सुरु गरिएको रंगशालामा अहिले प्यारापिटको प्लाइउड हटाएर स्टिलको पाता राख्ने काम भइरहेको छ ।

खेलकुद विकास समितीका अध्यक्ष मिलन गुरुङले एक साइडको काम सकिएको जानकारी दिए । ‘अहिले एक साइडको काम सकेर अर्को साइडको सुरु भएको छ । करिब दुई महिना अघि नै सुरु भएको भए पनि चाड पर्वका कारणबीचमा काम हुन सकेन, त्यसैले केही ढिला भयो,’ गुरुङले भने ।  

अध्यक्ष गुरुङले यो मैदानका पूर्वाधारका लागि विमा रहेको र निमार्ण कम्पनीसँग १२ सम्मका लागि मर्मत सम्भारका लागि सम्झौता भएकाले सोही सम्झौता अनुसार अहिले काम भइरहेको बताए  ।

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित । 

‘घामपानी सहन नसकेर प्यारपिटको प्लाइउड जिर्ण बन्दै गएपछि जोखिम बढ्न सक्ने भन्दै हामीले मर्मत सम्भार गरिदिन कम्पनीलाई पत्र लेखेका थियाैं। यसको विमा भएको र १२ वर्षसम्मका लागि सम्झौता गरिएकाले सोहि अनुसार अहिले काम भइरहेको हो,’ गुरुङले थपे ।

सन् २०७२ को भुकम्पले क्षतिग्रत रंगशालाको पुर्निमाणको जिम्मेवारी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले पाएका थिए ।

२०७६ मा भएको दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरियो मैदानको पुनर्निमार्ण सुरु गरिएको थियो । त्यती बेला मैदानले पूर्णता नपाए पनि महिला फुटबल यही मैदानमा सञ्चालन गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष मिलन गुरुङ । 

करिब १ अर्व ३० करोड लागतमा २०७९ सालमा मैदानको पुनर्निमार्णले पूर्णता पाएको थियो । १६ हजार ५०० दर्शक क्षमता रहेको पोखरा रंगशालालाई दशरथ रंगशालाको वैकल्पका रूपमा हेरिएको थियो ।  तर राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको यो रंगशाला केही घरेलु प्रतियोगितामै खुम्चिन पुगेको छ । यहाँ हाल आहा रारा पोखरा गोल्ड कपबाहेकका अन्य ठूला प्रतियोगिता कमै हुने गरेका छन् । 


भिडियो
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP