चैत्र ८, २०८२ आइतबार | ०९:५०:१०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

पोखरा रंगशालाको प्यारापिट फेरिदै

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित ।

काठमाडौं । प्यारापिटमा रहेको प्लाइ उड जिर्ण बन्दै गएपछि अहिले पोखरा रंगशालाको मर्मत सम्भार भइरहेको छ ।

जिल्ला खेलकुद विकास समिती कांस्कीको प्रत्यक्ष निगरानीमा भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले रंगशालाको मर्मत थालेका हुन् । करिब दुई महिला अघि मर्मत सम्भार सुरु गरिएको रंगशालामा अहिले प्यारापिटको प्लाइउड हटाएर स्टिलको पाता राख्ने काम भइरहेको छ ।

खेलकुद विकास समितीका अध्यक्ष मिलन गुरुङले एक साइडको काम सकिएको जानकारी दिए । ‘अहिले एक साइडको काम सकेर अर्को साइडको सुरु भएको छ । करिब दुई महिना अघि नै सुरु भएको भए पनि चाड पर्वका कारणबीचमा काम हुन सकेन, त्यसैले केही ढिला भयो,’ गुरुङले भने ।  

अध्यक्ष गुरुङले यो मैदानका पूर्वाधारका लागि विमा रहेको र निमार्ण कम्पनीसँग १२ सम्मका लागि मर्मत सम्भारका लागि सम्झौता भएकाले सोही सम्झौता अनुसार अहिले काम भइरहेको बताए  ।

पोखरा रंगशालामा प्लाइउड हटाएर स्टिल पाता राखिदै, तस्विरः सुदर्शन रञ्जित । 

‘घामपानी सहन नसकेर प्यारपिटको प्लाइउड जिर्ण बन्दै गएपछि जोखिम बढ्न सक्ने भन्दै हामीले मर्मत सम्भार गरिदिन कम्पनीलाई पत्र लेखेका थियाैं। यसको विमा भएको र १२ वर्षसम्मका लागि सम्झौता गरिएकाले सोहि अनुसार अहिले काम भइरहेको हो,’ गुरुङले थपे ।

सन् २०७२ को भुकम्पले क्षतिग्रत रंगशालाको पुर्निमाणको जिम्मेवारी ग्रेट स्पोर्टस र एमए कन्ट्रक्सन जाउलाखेल  ललितपुर (जेभी) ले पाएका थिए ।

२०७६ मा भएको दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरियो मैदानको पुनर्निमार्ण सुरु गरिएको थियो । त्यती बेला मैदानले पूर्णता नपाए पनि महिला फुटबल यही मैदानमा सञ्चालन गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष मिलन गुरुङ । 

करिब १ अर्व ३० करोड लागतमा २०७९ सालमा मैदानको पुनर्निमार्णले पूर्णता पाएको थियो । १६ हजार ५०० दर्शक क्षमता रहेको पोखरा रंगशालालाई दशरथ रंगशालाको वैकल्पका रूपमा हेरिएको थियो ।  तर राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेको यो रंगशाला केही घरेलु प्रतियोगितामै खुम्चिन पुगेको छ । यहाँ हाल आहा रारा पोखरा गोल्ड कपबाहेकका अन्य ठूला प्रतियोगिता कमै हुने गरेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो