आश्विन २३, २०८२ शुक्रबार | १८:५३:२८
जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य एएफसी एसियन कप खेल्ने यु-१७ फुटबल टोलीको बिदाइ जापानविरुद्ध फिल्डिङ गर्दै नेपाल लुम्बिनी स्पोर्टस अवार्ड नेपालगन्जमा हुने नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी जापानले दियो नेपाललाई १३२ रनको लक्ष्य एएफसी एसियन कप खेल्ने यु-१७ फुटबल टोलीको बिदाइ जापानविरुद्ध फिल्डिङ गर्दै नेपाल लुम्बिनी स्पोर्टस अवार्ड नेपालगन्जमा हुने नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी

नेदरल्यान्ड्सको अपराजित यात्रा जारी

काठमाडौं । नेदरल्यान्ड्सले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ ।

नेदरल्यान्ड्सले बिहीबार ता’ काली राष्ट्रिय रंगशालामा घरेलु टोली माल्टाविरुद्ध ४-० को सहज जित निकाल्यो ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा छ । पराजित माल्टा समान खेदबाट दुई अंकका साथ पुछारमा छ ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पाले दुई तथा तिज्जानी रेइजन्डर्स र मेम्फिस डिपेले समान एक गोल गरे ।

खेलको १२औं मिनेटमा गाक्पोको पेनाल्टी गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ४८औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । यस पटक पनि गाक्पोले पेनाल्टी अवसरलाई सुदपयोग गरे ।

रेइजन्डर्सले ५७औं मिनेटमा गोल गर्दा नेदरल्यान्ड्सको अग्रता ३० मा पुग्यो । उनले गाक्पोको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा डिपेले गोल गर्दा नेदरल्यान्ड्स ४-०ले विजयी भयो । यस पटक डेन्जल डम्फ्रिजले गोलको अवसर सिर्जना गरेका थिए ।

विश्वकप युरोपियन छनोट अन्तर्गत बिहीबारै सम्पन्न अन्य खेलमा स्कटल्यान्डले ग्रिसलाई ३१, अस्ट्रियाले सान मारिनोलाई १०-०, फारोइ आइसल्यान्डले मोन्टेनग्रोलाई ४-०, फिनल्यान्डले लुथुनियालाई २-१ तथा डेनमार्कले  बेलारुसलाई ६-० ले पराजित गरे ।

यसैगरी क्रोएसिया र चेक रिपब्लिकले गोलरहित तथा साइप्रस र बोस्निया एन्ड हर्जगोभिनियाले २-२ को बराबरी खेले । 


भिडियो
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll