भाद्र २९, २०८२ सोमबार | १९:०६:२८
श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित श्रीलंकाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित नेपालमा हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोट खेल्ने सबै टोलीको लाग्यो टुंगो उपचार सहयोगका लागि फुटबलर जीवनको अपिल नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज स्थगित आदिल अन्सारीको राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको एकतर्फी जित म्यानचेस्टर डर्बीमा सिटी विजयी एसिसी एसिया कपः पाकिस्तानविरुद्ध भारतको सहज जित

जेनजी आन्दोलनको प्रभाव, घरेलु फुटबलका गतिविधि प्रभावित

काठमाडौं । जेनजी आन्दोलनका कारण नेपाली फुटबलका सबैखाले गतिविधिहरू तत्कालका लागि स्थगित भएका छन् ।

गत सोमबार जेनजी युवाहरूले गरेको आन्दोलनपछि देशको राजनीतिले नयाँ बाटो समाइसक्दा फुटबलको माहोल फर्किन भने समय लाग्ने देखिएको हो ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबबीच यु-१६ लिगको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

एन्फाका पूर्व अध्यक्ष एवम् हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा अन्य क्लबका पाधिकारीको टोली बैठकमा उपस्थिति भएका थिए ।

बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको उपस्थिति नहुने भएपछि शेर्पाको टोलीले अन्य पदाधिकारीसँग अन्तरक्रिया/छलफल गरेको थियो ।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा ।

एन्फाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई तथा केन्द्रिय सदस्यद्धय पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठको उपस्थिति रहेको अन्तरक्रियाबाट अर्को सुचना नआएसम्मका लागि फुटबलका सम्पूर्ण गतिविधि बन्द हुने निचोड निकालिएको हो ।

जेनजीको भ्रष्टाचारविरोधी आन्दोलनले देशमा नयाँ सरकार स्थापना गरिसकेको छ । आन्दोलनले तातेको माहोल शान्त भइसकेपछि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले पूर्वघोषित सबैखाले घरेलु गतिविधि अनिश्चित कालका लागि स्थगित गरेको शेर्पाले खेलाडी डटकमसँगको कुराकानीमा जानकारी गराए।

शेर्पाका अनुसार एन्फाले यु-१६ लिगका लागि छलफल गर्न भनि आज सोमबारलाई बोलाएको बैठक एन्फाले अघिल्लो दिन स्थगित गरेको भन्दै एसएमएस गरेको थियो ।

‘एसएमएसमा यो बैठकलगायत फुटबलका सबै गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको भनिएको छ । यो भनेको के हो ? हामीलाई पत्र काटेर बैठकका लागि बोलाइएको थियो । बैठक स्थगित भएको हो भने पनि पत्र काटेरै भन्नुपर्छ । एसएमएस र मौखिक सन्देश हामी मान्दैनौं’ शेर्पाले भने ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL