काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो विजयीला यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।
आइतबार पिएसजीले लेन्सलाई २-० ले हरायो । जितसँगै चार खेलमा १२ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । यो दोस्रो स्थानको लिलको भन्दा दुई अंक बढि हो ।
यता पराजित लेन्स समान खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन दुवै गोल ब्राडली बार्कोलाले गरे ।
खेलको १५औं मिनेटमा बार्कोलाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । उनले भिटिन्हाको पासलाई पोस्टको दिशा दिए ।
बार्कोले ५१औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाटै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । यस पटक पनि भिटिन्हाले नै गोलको अवसर सिर्जना गरेका थिए ।
मुख्य प्रशिक्षक लुइस एन्रिकेले बुधबार हुने एटालान्टाविरुद्धको च्याम्पियन्स लिगको पहिलो खेललाई ध्यानमा राख्दै टोलीमा केही परिवर्तन गरेका थिए।
अघिल्लो खेलमा टोलोजविरुद्ध पहिलो रोजाइमा रहेका नुनो मेन्डिस, जोआओ नेभेस र फाबियन रुइज बेन्चमा रहँदा लुकास हेर्नान्डेज, वारेन जाइरे एमरी र काङ इन लीले मौका पाए ।
यसैगरी चोटका कारण ओस्माने डेम्बेले र डेजिरे डुएले पनि यो खेल गुमाएका थिए । उनीहरूको स्थानमा ख्विचा क्वारात्स्खेलिया र गोन्सालो रामोसले सुरुआत गरेका थिए ।