चैत्र १३, २०८२ शुक्रबार | ०१:२४:१७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ओसाकाले ओलम्पिक खेल्ने

टोकियो, (खेलाडी)- टेनिस स्टार नाओमी ओसाकाले घरेलु भूमिमा हुने टोकियो ओलम्पिकमा उत्कृष्‍ट लयमा प्रदर्शन गर्न तयार रहेको बताउँदै पत्रकार सम्मेलनमा पनि सहभागी हुने उल्लेख गरेकी छन् ।

डिप्रेसनबाट मुक्त हुने संघर्षका क्रममा कैयौं प्रतियोगिता छाडेकी जापानी स्टार ओसाकाले यसै महिना हुने ओलम्पिकमा उत्कृष्‍ट प्रदर्शन गर्न आफू तयार रहेको बताएकी हुन् । 

विश्‍व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन् । यसअघि मानसिक समस्याकै कारण उनले फ्रेन्च ओपन र विम्बल्डनबाट नाम फिर्ता लिएकी थिइन् ।

कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिला गरी टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ । विश्‍व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन् । यसअघि मानसिक समस्याकै कारण उनले फ्रेन्च ओपन र विम्बल्डनबाट नाम फिर्ता लिएकी थिइन् ।

‘मैले बिस्तारै तयारीलाई अगाडि बढाइरहेको छु । ओलम्पिकका लागि स्वस्थ रहन चाहन्छु,’ २३ वर्षीया ओसाकाले भनिन्, ‘विश्‍वले नै ध्यान केन्द्रित गरिरहेको स्थानमा खेल्नेबारे म चिन्तित थिएँ । यति ठूलो प्रतियोगितामा खेल्ने अवसर विरलै पाइने गरिन्छ ।’ 

उनले आफू डिप्रेसनसँग संघर्ष गरिरहेका कारण केही समय खेलबाट बाहिर रहने निर्णय लिएकी थिइन् । सोमबार भने ओसाकाले देशको तर्फबाट ओलम्पिक खेल्नु गर्वको क्षण रहेको उल्लेख गर्दै घरेलु भूमिमा हुने विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलामा उपस्थिति जनाउने बताइन ।

मानसिक स्वास्थ्यमा समस्याका कारण गत जुनमा उनले एक खेलपश्‍चात् फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन् । पत्रकार सम्मेलन बहिस्कार गरेका कारण निकै आलोचना भइरहँदा उनले बीचमै फ्रेन्च ओपन त्यागेकी हुन् । उनले पत्रकार सम्मेलनका कारण आफ्नो मानसिक स्वास्थ्यमा थप समस्या भएको बताउँदै बहिस्कार गरेकी थिइन् ।

उनले आफू डिप्रेसनसँग संघर्ष गरिरहेका कारण केही समय खेलबाट बाहिर रहने निर्णय लिएकी थिइन् । सोमबार भने ओसाकाले देशको तर्फबाट ओलम्पिक खेल्नु गर्वको क्षण रहेको उल्लेख गर्दै घरेलु भूमिमा हुने विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलामा उपस्थिति जनाउने बताइन ।

उनले ओलम्पिकमा भने पत्रकार सम्मेलनमा पनि सहभागी हुने बताइन । फ्रेन्च ओपनको पत्रकार सम्मेलन बहिस्कार गरेका कारण उनले १५ हजार डलर जरिवानासमेत तिर्नुपरेको थियो । 

फ्रेन्च ओपनबाट निश्कासन गर्ने भन्दै आयोजकले चेतावनी दिएपछि उनी स्वयमले नाम फिर्ता लिएकी थिइन् । परिवार र साथीसँग समय बिताउनका लागि ओसाकाले विम्बल्डनबाट पनि नाम फिर्ता लिने निर्णय लिएको उनका एजेन्टले गत महिना बताएका थिए । तथापि, उनले घरेलु समर्थकमाझ टोकियो ओलम्पिक २०२० खेल्न आफू उत्साहित रहेको उल्लेख गरेकी छन् ।     


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो