माघ १७, २०८२ शनिबार | ०८:५८:०५
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

ओसाकाले ओलम्पिक खेल्ने

टोकियो, (खेलाडी)- टेनिस स्टार नाओमी ओसाकाले घरेलु भूमिमा हुने टोकियो ओलम्पिकमा उत्कृष्‍ट लयमा प्रदर्शन गर्न तयार रहेको बताउँदै पत्रकार सम्मेलनमा पनि सहभागी हुने उल्लेख गरेकी छन् ।

डिप्रेसनबाट मुक्त हुने संघर्षका क्रममा कैयौं प्रतियोगिता छाडेकी जापानी स्टार ओसाकाले यसै महिना हुने ओलम्पिकमा उत्कृष्‍ट प्रदर्शन गर्न आफू तयार रहेको बताएकी हुन् । 

विश्‍व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन् । यसअघि मानसिक समस्याकै कारण उनले फ्रेन्च ओपन र विम्बल्डनबाट नाम फिर्ता लिएकी थिइन् ।

कोरोना भाइरस महामारीका कारण एक वर्ष ढिला गरी टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ । विश्‍व नम्बर दुई ओसाकाले घरेलु भूमिमा हुने कोर्टमा राम्रो प्रदर्शन गर्नेप्रति आशावादी रहेको उल्लेख गरेकी छन् । यसअघि मानसिक समस्याकै कारण उनले फ्रेन्च ओपन र विम्बल्डनबाट नाम फिर्ता लिएकी थिइन् ।

‘मैले बिस्तारै तयारीलाई अगाडि बढाइरहेको छु । ओलम्पिकका लागि स्वस्थ रहन चाहन्छु,’ २३ वर्षीया ओसाकाले भनिन्, ‘विश्‍वले नै ध्यान केन्द्रित गरिरहेको स्थानमा खेल्नेबारे म चिन्तित थिएँ । यति ठूलो प्रतियोगितामा खेल्ने अवसर विरलै पाइने गरिन्छ ।’ 

उनले आफू डिप्रेसनसँग संघर्ष गरिरहेका कारण केही समय खेलबाट बाहिर रहने निर्णय लिएकी थिइन् । सोमबार भने ओसाकाले देशको तर्फबाट ओलम्पिक खेल्नु गर्वको क्षण रहेको उल्लेख गर्दै घरेलु भूमिमा हुने विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलामा उपस्थिति जनाउने बताइन ।

मानसिक स्वास्थ्यमा समस्याका कारण गत जुनमा उनले एक खेलपश्‍चात् फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी थिइन् । पत्रकार सम्मेलन बहिस्कार गरेका कारण निकै आलोचना भइरहँदा उनले बीचमै फ्रेन्च ओपन त्यागेकी हुन् । उनले पत्रकार सम्मेलनका कारण आफ्नो मानसिक स्वास्थ्यमा थप समस्या भएको बताउँदै बहिस्कार गरेकी थिइन् ।

उनले आफू डिप्रेसनसँग संघर्ष गरिरहेका कारण केही समय खेलबाट बाहिर रहने निर्णय लिएकी थिइन् । सोमबार भने ओसाकाले देशको तर्फबाट ओलम्पिक खेल्नु गर्वको क्षण रहेको उल्लेख गर्दै घरेलु भूमिमा हुने विश्‍व खेलकुदको सबभन्दा ठूलो मेलामा उपस्थिति जनाउने बताइन ।

उनले ओलम्पिकमा भने पत्रकार सम्मेलनमा पनि सहभागी हुने बताइन । फ्रेन्च ओपनको पत्रकार सम्मेलन बहिस्कार गरेका कारण उनले १५ हजार डलर जरिवानासमेत तिर्नुपरेको थियो । 

फ्रेन्च ओपनबाट निश्कासन गर्ने भन्दै आयोजकले चेतावनी दिएपछि उनी स्वयमले नाम फिर्ता लिएकी थिइन् । परिवार र साथीसँग समय बिताउनका लागि ओसाकाले विम्बल्डनबाट पनि नाम फिर्ता लिने निर्णय लिएको उनका एजेन्टले गत महिना बताएका थिए । तथापि, उनले घरेलु समर्थकमाझ टोकियो ओलम्पिक २०२० खेल्न आफू उत्साहित रहेको उल्लेख गरेकी छन् ।     


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।