कार्तिक १, २०८२ शनिबार | १६:४७:५०
एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन

एन्फाका पूर्व अध्यक्ष थापालाई फुटबलका गतिविधिमा रोक नलगाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं । उच्च अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापालाई फुटबलका कुनै पनि गतिविधिबाट रोक लगाउने नेपाल फुटबल संघ (एन्फा) को  निर्णयलाई लागु नगर्न आदेश दिएको छ ।

न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराम कोइरालाको संयुक्त इजलासले एउटै कसुरमा दोहोरो सजाय दिन नमिल्ने ठहर गर्दै एन्फाको अनुशासन समिति र सदाचार समितिको निर्णयलाई खारेज गरिदिएको हो । 

उच्च अदालतले फिफाको कारवाही भोगिसकेको हुँदा थापामाथि सोही विषयमा पुन कारवाही हुन नसक्ने प्रष्ट पारेको छ ।

थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारवाही नगर्नु र नगराउन अदालतले एन्फाका नाममा आदेश जारी गरेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्ष लामो प्रतिबन्धको अवधि समाप्त भइसक्दा पनि आफूलाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक लगाएको भन्दै थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

फिफाले थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सन् २०१५ अप्रिल १६ देखि लागु हुने गरी १० वर्षका लागि फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध गत अप्रिल १५ मा समाप्त भएको थियो । 

फिफाको प्रतिबन्ध फुकुवा भएलगत्तै थापा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । तर एन्फाको अनुशासन समितिले २०८२ वैशाख ४ तथा सदाचार समितिले वैशाख १६ मा विधानको धारा २४(३) ङ अनुसार भन्दै थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको थियो । थापाले सोही निर्णयविरुद्ध ०८२ वैशाख ३१ गते पाटन उच्च अदालतमा रिट निवेदन दिएका थिए ।
 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल