माघ ९, २०८२ शुक्रबार | १७:०५:४५
सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा

टुसालको उजुरी एन्फाबाट खारेज, क्लब भन्छः नियमावलीविपरित भयो

काठमाडौं । टुसाल युवा क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत झापा फुटबल क्लबविरुद्धको खेलमा विपक्षी टिमबाट खेलेका दुई खेलाडी अवैधानिक भएको भन्दै गरेको उजुरी अखिल नेपाल फुटबल संघ (एन्फा)बाट खारेज भएको छ ।

झापाका बबिन बोहरा र सुमनबहादुर मगरले अघिल्लो वर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा आरसी ३२ बाट खेलेको कारण उनीहरु ‘बी’ डिभिजनका लागि अयोग्य हुने भन्दै टुसालले आइतबार एन्फामा उजुरी गरेको थियो ।

टुसालले प्रतियोगिताको नियमावलीमा २०८० सालमा सम्पन्न ‘ए’ डिभिजन र गतवर्ष सम्पन्न ‘सी’ डिभिजन लिगमा कुनै क्लबबाट दर्ता भएर खेलेका खेलाडी जारी ‘बी’ डिभिजनमा खेल्न नपाउने व्यवस्था रहेको उल्लेख गर्दै झापाका बबिन र सुमनमाथि कार्वाही हुनुपर्ने जिकिर गरेको थियो ।

एन्फाका प्रमूख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सोमबार टुसाल क्लबलाई सम्बोधन गर्दै लेखेको पत्रमा क्लबको उजुरी बदर भएको उल्लेख गरेका छन् ।

तुलाधरले पत्रमा ‘सी’ डिभिजन लिग चलिरहँदा नै बबिन, सुमन र अर्का एक खेलाडी समेत ‘बी’ डिभिजनका क्लबबाट खेल्नुपर्ने व्यवस्थाअनुरुप निर्णय भइसकेको र उनीहरु फिफा कनेक्टमा ‘डी’ रजिस्ट्रेसन पनि भइसकेकोले बबिन र सुमन तथा अर्का एक खेलाडी ‘बी’ डिभिजन लिग खेल्न योग्य रहेको’ लेखेका छन् ।

टुसाल क्लबले भने एन्फाको यो निर्णय फिफा कनेक्टको विरुद्धमा रहेको दाबी गरेको छ । क्लबका एक पदाधिकारीका अनुसार फिफा कनेक्टको ‘डी’ रजिस्ट्रेसन सिस्टम नै नेपालमा छैन ।

‘डी’ रजिस्ट्रेसन सिस्टम भएको अवस्थामा चाँही खेलाडीले एउटै सिजनमा तीन वटा क्लबबाट समेत खेल्न पाउँछन । ट्रान्सफर विन्डो खुलेका बेला खेलाडीलाई क्लबले लोनमा वा विक्री गरेर अर्को क्लबमा पठाउन सक्ने व्यवस्था हुन्छ ।

‘तर नेपालमा ‘डी’ रजिस्ट्रेसन सिस्टम अहिलेसम्म लागु गरिएको छैन । अनि यो प्रतियोगिताको नियमावलीमा पनि ‘डी’ रजिस्ट्रेसन सिस्टम छैन । नेपालको नियमावलीले कुनै पनि खेलाडीलाई एउटै सिजन दुई फरक डिभिजनमा खेल्ने अनुमति दिएको छैन,’ टुसालका एक पदाधिकारीले भने, ‘बबिन र सुमनले सी डिभिजनमा आरसी ३२ बाट खेलेका थिए । उनीहरुलाई क्लबले रिलिज गरेको छैन । नियमअनुसार गर्न पनि पाउँदैन । यसरी जथाभावी नियम मिच्ने हो भने त हामी ए डिभिजनका खेलाडी पनि उतार्थ्यौं नी ।’

‘बी’ डिभिजन लिगमा एक खेल मात्र बाँकी रहँदा टुसाल रेलिगेसनको निक्कै नजिक पुगिसकेको छ । आफ्नो अन्तिम खेलमा च्याम्पियन भइसकेको प्लानिङ ब्वाइज क्लबमाथि जित हासिल गरे पनि टुसाललाई ‘बी’ डिभिजनमा हैसियत जोगाउन पर्याप्त हुने छैन । टोलीले हैसियत जोगिनका लागि अन्य खेलमा पनि आफअनुकुल नतिजा आएको देख्न पाउनुपर्नेछ ।

त्यसका लागि टुसालले प्लानिङ ब्वाइजलाई फराकिलो अन्तरमा हराएरमात्र पुग्ने छैन । रेलिगेसनबाट बाँच्न प्रतिस्पर्धारत अर्को टोली आरसिटी पनि अन्तिम खेलमा फराकिलो अन्तरमा पराजित हुनुपर्नेछ ।

प्रतियोगितामा मंगलबार वीरगञ्ज युनाइटेडविरुद्धको खेलमा आरसिटीले एक अंकमात्र लिन सके पनि असनको टोलीको हैसियत जोगिनेछ र टुसाल तेस्रो डिभिजनमा घटुवा हुनेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate