काठमाडौं । साउदी प्रो लिगको उपाधि करिम बेन्जेमासम्मिलित अल इत्तिहादले जितेको छ । समग्रमा अल इत्तिहादले साउदी प्रो लिग जितेको दशौं पटक हो ।
यता, अल इत्तिहाद च्याम्पियन बन्दा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियामा अर्काे सिजन उपाधि बिहिन भए । म्यानचेष्टर युनाइटेड छोडेपछि रोनाल्डो सन् २०२३ बाट साउदीको अल नासरसँग जोडिएका थिए । तर, दुई सिजन बितिसक्दा पनि अल नासरले कुनै उपाधि जित्न सकेको छैन ।
कप्तान बेन्जेमा भने साउदी आएको दोस्रो वर्षमा उपाधि हात पार्न सफल भएका छन् । फ्रान्स स्ट्राइकर बेन्जेमा रियाल मिड्रड छाडेपछि साउदी पुगेका थिए ।
अल इत्तिहादले दोस्रो स्थानमा रहेको साविक विजेता अल हिलालसँग १० अंकको अग्रता बनाएको छ । एक खेल बढी खेलेको अल इत्तिहादको ७७ अंक छ । ३१ खेलमध्ये २१ जित निकालेको अल हिलाल ६८ अंकसहित दोस्रो स्थानमा रह्यो । अल नासर भने ६३ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
बिहीबार राति भएको खेलमा अल इत्तिहादले अल राइदलाई ३–१ ले हराएको हो ।