काठमाडौं । भारत र पाकिस्तान तनावबीच आठ दिन रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) शनिबार (१७ मे)बाट सुरु हुँदैछ । आइपिएल रोकिएपछि सहभागी अधिंकाश विदेशी खेलाडी आ आफ्ना देश फर्किएका थिए ।
त्यसैले पनि बाँकी फाइनलसहित १६ खेलको लागि विदेशी खेलाडी फर्कनेमा असम्भव देखिन्छ । अस्ट्रेलियाका ट्राविस हेड र प्याट कमिन्स मात्रै आइपिएल खेल्ने पक्का भएको छ । मिचल स्टार्क र जस हैजलवूडको सम्भावना निकै कम देखिएको छ ।
दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिजका खेलाडीको अन्तर्राष्ट्रिय खेलका कारण आइपिएलमा उपलब्ध हुने सम्भावना निकै कमजोर बनेको छ । फिल साल्ट, रोमारियो सेफर्ड र ट्रेट बोल्ट जस्ता खेलाडी आफ्नो टिममा समावेश भएका छन् ।
शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सका कागिसो रबाडा, रासिद खान, शेरफन रदरफोर्ड, करिम जन्नत र दसुन शकाना भारतमै छन् र अभ्यास गरिरहेका छन् । जस बटलर र जेराल्ड कएट्जी चाडै टिमसँग जोडिँदै छन् ।
यता, आरसिबीको लागि टिम डेविड, शेफर्ड, साल्ट, जैकव बेथेल, लियम लिविंस्टाेन र नुवान थुषारा टिमसँगै अभ्यास गरिरहेका छन् । जस हैजलवूड भने इन्जुरीका कारण टिमसँग हुने छैनन् ।
पञ्जावका ग्लेन म्याक्स्वेलको स्थानमा जेभियर बार्टलेट अनुबन्ध भएका छन् । जस इङ्लिस, मार्कस स्टोयनिस, मार्काे यानसन, अजमतुल्लाह ओमारजाई, आरोन हार्डी र काइल जिमिसन टिमसँगै छन् । मुम्बईमा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्ट जोडिएका छन् । यता, दिल्लीका मिचेल स्टार्क फर्कन मुस्किल देखिएको छ । कोलकाताका मोइन अली पनि फर्कने छैनन् ।