चैत्र १४, २०८२ शनिबार | ०९:१३:४९
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

आर्सनल १८ वर्षपछि उपाधि नजिक

काठमाडौं । आठ पटकको च्याम्पियन फ्रेन्च क्लब लियोनविरुद्ध समग्रमा ५-३ को जित निकाल्दै इङ्लिस क्लब आर्सनल युइएफए महिला च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ ।

आर्सनल १८ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सन् २००६-७ को सिजनमा  च्याम्पियन बनेयता आर्सनलले फाइनल यात्रा तय गर्ने सकेको थिएन ।

आर्सनलले पार्क ओलम्पिक लियोन रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलको दोस्रो लगेमा ४१ को सहज नित दर्ता गर्यो ।  पहिलो लेगमा आर्सनल २१ ले पराजित भएको थियो ।

पाहुना टोली आर्सनललाई जित दिलाउन मारियोना क्याल्डेन्ते, एलेसिया रुसो र केटलिन फोर्डले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । लियोनका लागि मेल्ची डुमोर्नेले एक गोल गरिन् ।

खेलको पाँचौं मिनेटमा लियानकी गोलकिपर क्रिस्टियन एन्डलरबाट आत्मघाती गोल हुनपुग्दा आर्सनलले अग्रता लिएको थियो । क्लो केलीको कर्नरमा फ्रिडा मानमको हेडर एन्डलरलाई लाग्दै गोलमा परिणत भयो ।

पहिलो हाफको इन्जुरी समयमा क्लयाल्डेन्ते टोलीको अग्रता दोब्बर बनाइन् । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो ।

दोस्रो हाफको सुरुआतमै रुसोले गोल गर्दा आर्सनल ३-० ले अगाडि बढ्यो ।  मानमको पासलाई रुसोले पोस्टको दिशा दिइन् ।

फोर्डले ६३औं मिनेटमा गोल गर्दा आर्सनलको अग्रता ४-० मा पुग्यो । लियोनकी गोलकिपर एन्डलरलेको पासलाई रक्षक भेनेसा गिल्सले नियन्त्रणमा लिन नसक्दा रुसोले बल अगाडि बढाउँदै जाली चुमाइन् ।

डुमोर्नेले ८१औं मिनेटमा गरेको गोल लियोनका लागि  सान्त्वना बन्यो । उनले एली कार्पेन्टरके क्रसलाई अर्सनलका रक्षकले क्लियर क्लियर गर्न खोज्दा प्राप्त रिबाउन्डलाई गोलमा परिणत गरिन् ।

आर्सनलले उपाधिका लागि साबिक विजेता बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले चेल्सीविरुद्ध समग्रमा ८-२ को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो