चैत्र १७, २०८२ मंगलबार | १९:५६:३५
पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो

एन्फा विवादः कार्यसमिति बैठक स्थगित, मंगलबार दिउसो बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघको बैठक भोली मंगलबार दिउसो बस्ने गरि स्थगित भएको छ ।

सोमबार दिउसो ३ बजेका लागि बोलाइएको बैठकका लागि महासचिव किरण राईले १६ एजेन्डा समावेश गरेका थिए ।

तर त्यसमा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्षद्धय विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार)लगायत सात सदस्यले माग गरेका एजेन्डा नराखिएकोमा विरोध भएपछि सोमबार बैठक स्थगित भएको थियो ।

माघ १० गते वरिष्ठ उपाध्यक्ष खड्का, उपाध्यक्षद्धय शाही र केसी तथा सदस्यहरु रुपेश अधिकारी, रमेश व्यन्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामाले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न भनि कार्यसमिति बैठक बोलाउन सामूहिक माग गरेका थिए ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ (दायाँ) र महासचिव किरण राई । तस्बिरः एन्फा

विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा चार पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका कृयाकलाप भइरहेको भन्दै कार्यसमिति बैठक माग गरिएको थियो ।

बैठक माग गर्ने क्रममा सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारणसभाको लागि एन्फाको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ, महिला लिग, महिला एकेडेमी, मिसन २०२७-२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन, शीर्ष डिभिजन लिग, खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण, आन्तरिक लेखा परिक्षण प्रतिवेदन, बी डिभिजन लिग र प्रेसिडेन्ट लिग, महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकन लगायतका एजेन्डामा छलफल हुनुपर्ने माग सात कार्यसमिति सदस्यले राखेका थिए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का बैठकमा आफ्ना भनाई राख्दै । तस्बिरः एन्फा

तर सोमबारलाई बोलाइएको बैठकका एजेन्डामा उनीहरुको मागबमोजिम शीर्ष डिभिजनको लिग, सुर्खेत जिल्ला फुटबल संघ तथा कर्णाली प्रदेश र महासचिव र सचिवालय कर्मचारीको कार्यक्षमता मुल्यांकन तथा पारिश्रमिक पुर्नमुल्यांकनका विषय समावेश थिएनन् ।


एन्फाको वैधानिक व्यवस्थाअनुसार कार्यसमितिका एकतिहाई सदस्यले माग गरेपछि २१ दिनभित्र बैठक बोलाउनुपर्छ । तर एन्फा अध्यक्षले बैठक माग गरेको २१ औं दिनमा बैठकको मितिमात्र तय गरेका थिए । जसअनुसार माग गरेको ४० औं दिनमा बैठक बसेको हो ।

बैठकका लागि एन्फा महासचिवले पठाएका १६ बूदें एजेन्डामा नियमित साधारणसभा, आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रम र बजेट, २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन मिडिया मार्केटिङ एजेन्सी नियुक्ति, पदपूर्ति समितिको निर्णय अनुमोदन, ग्रासरुट कार्यक्रमको खेल सामाग्री खरिद, आर्थिक नियमावली र कार्यविधि सच्याउने, होटल सूचिकृत गर्ने, सेलवेज क्यास र क्यारी प्रालिको हिसाव फरछ्योट, महिला लिग, एकेडेमी, मिसन २०२७–२०३१, सिस्नेरी घटना, प्रेसिडेन्ट लिग, खेलाडी पुरस्कार, निर्वाचन समिति र पुनरावेदन समिति तथा विविध विषय संलग्न थिए ।

सोमबार सम्पन्न हुन नसकेको एन्फा कार्यसमिति बैठक । तस्बिरः एन्फा

बैठकमा आफूले माग गरेका सबै एजेन्डा राख्न वरिष्ठ उपाध्यक्ष खड्काको नेतृत्वमा सात सदस्यले माग राखिरहेपछि सोमबारको बैठक सम्पन्न हुन नसकेको बताइएको छ । अध्यक्ष पंकजविक्रम नेम्वाङले ती विषयलाई विविध शीर्षकमा छलफल गर्न प्रस्ताव गरे पनि उनीहरुले नमानेको एन्फा संस्थापनले जनाएको छ ।

जवकि वरिष्ठ उपाध्यक्ष खड्काले नेतृत्वमा शीर्ष डिभिजनको लिग गर्ने र एन्फाभित्रका कुशासन हटाउनेमा उदासिनता देखिएको आरोप लगाए ।

‘उहाँहरुले विधानविपरित टालटुले कुरा गर्नुभयो । हामीले विधानअनुसार उठाएका एजेन्डामा छलफल हुनैपर्ने अडान राख्यौं । अब बैठक भोली दिउसो १ बजे बस्ने भनेर स्थगित भएको छ,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो