चैत्र १८, २०८२ बुधबार | १५:१६:०८
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युइएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मनीको उल्भ्सबर्गविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।

बुधबार उल्भ्सवेगन एरिनामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन आइरिन परेडेस, सलमा पारालुएलो र सिड्नी शेरटेनलेबले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । उल्भ्सबर्गका लागि जेनिना मिङ्गेले गोल फर्काइन् ।

खेलको २६औं मिनेटमा केटलिन डिज्स्ट्राबाट आत्मघाती गोल हुन पुग्दा बार्सिलोनाले अग्रता लिएको थियो । ५०औं मिनेटमा पेरेडेसले टोलीको अग्रता दोब्बर बनाइन् ।

त्यसको तीन मिनेटपछि पारालुएलोले गोल गर्दा बार्सिलोना ३-० ले अगाडि बढ्यो । ७९औं मिनेटमा मिङ्गेले गरेको गोल उल्भ्सबर्गका लागि सान्त्वना बन्यो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा शेरटेनलेबले गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाइन् ।

अब दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान जोहान क्रुइफ रंगशालामा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो