चैत्र १३, २०८२ शुक्रबार | ०९:३८:०९
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक

काठमाडौं। कप्तान ब्रुनो फर्नान्डेसको ह्याट्रिकप्रेरित इङ्लिस क्लब क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध ४-१ को जित निकाल्यो । समग्रमा युनाइटेड ५-२ ले विजयी भयो ।

पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले ह्याट्रिक गर्दा एक गोल डियोगो डालोटको नाममा रह्यो । सोसिडाडका लागि मिकेल ओयार्जाबलले  एक गोल गरे ।

खेलको १०औं मिनेटमाओयार्जाबलले पेनाल्टीमार्फत रियाल सोसिडाडलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै फर्नान्डेसले पेनाल्टीमार्फत नै युनाइटेडका लागि बराबरी गोल फर्काए ।

फर्नान्डेसले ५०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो ।

जोन आराम्बुरुले सीधै रातो कार्ड बोहोर्दै मैदान छाडेपछि ६३औं मिनेटमा सोसिडाड १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा युनाइटेडले उठायो ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा फर्नान्डेसले ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा डालोटले गोल गर्दै युनाइटेडलाई ४-१ को सहज जित दिलाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो