माघ १५, २०८२ बिहीबार | १४:३०:४२
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक

काठमाडौं। कप्तान ब्रुनो फर्नान्डेसको ह्याट्रिकप्रेरित इङ्लिस क्लब क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध ४-१ को जित निकाल्यो । समग्रमा युनाइटेड ५-२ ले विजयी भयो ।

पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले ह्याट्रिक गर्दा एक गोल डियोगो डालोटको नाममा रह्यो । सोसिडाडका लागि मिकेल ओयार्जाबलले  एक गोल गरे ।

खेलको १०औं मिनेटमाओयार्जाबलले पेनाल्टीमार्फत रियाल सोसिडाडलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै फर्नान्डेसले पेनाल्टीमार्फत नै युनाइटेडका लागि बराबरी गोल फर्काए ।

फर्नान्डेसले ५०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो ।

जोन आराम्बुरुले सीधै रातो कार्ड बोहोर्दै मैदान छाडेपछि ६३औं मिनेटमा सोसिडाड १० खेलाडीमा सीमित भयो । त्यसको फाइदा युनाइटेडले उठायो ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा फर्नान्डेसले ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा डालोटले गोल गर्दै युनाइटेडलाई ४-१ को सहज जित दिलाए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।