चैत्र ८, २०८२ आइतबार | ०२:०१:०९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले चौथो विदेशी खेलाडीका रूपमा फ्रान्सका मिडफिल्ड भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि कोजिएलोसँग सम्झौता गरेको हो ।

कोजिएलोले फ्रान्सको यु-१९, २० र २१ टोलीका लागि खेलिसकेका छन् । यसैगरी उनीसँग निसबाट फ्रेन्स लिग वान र एफसी कोल्नबाट जर्मन बुन्डेसलिगा खेलेको अनुभव पनि छ ।

हाल बेल्जियमको केभी ओस्टेन्डमा अनुबन्ध भएको कोजिएलो सन् २०२३ देखि भिर्टनबाट लोनमा खेलिरहेका छन्  ।

यसअघि क्लबले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र विंगर अमाडो डिओपसँग सम्झौता गरेको थियो ।

काठमाडौंको मार्की खेलाडीमा मिडफिल्डर रोहन कार्की छन् । यसैगरी टोलीले बेल्जियमका प्याट्रिक डे विल्डेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता चैत १६ बाट  सुरु हुँदैछ । यसपल्ट काठमाडौंसहित ललितपुर सिटी एफसी,झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो