माघ १७, २०८२ शनिबार | २१:२३:२०
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले चौथो विदेशी खेलाडीका रूपमा फ्रान्सका मिडफिल्ड भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ ।

काठमाडौंले एनएसएलको तेस्रो संस्करणका लागि कोजिएलोसँग सम्झौता गरेको हो ।

कोजिएलोले फ्रान्सको यु-१९, २० र २१ टोलीका लागि खेलिसकेका छन् । यसैगरी उनीसँग निसबाट फ्रेन्स लिग वान र एफसी कोल्नबाट जर्मन बुन्डेसलिगा खेलेको अनुभव पनि छ ।

हाल बेल्जियमको केभी ओस्टेन्डमा अनुबन्ध भएको कोजिएलो सन् २०२३ देखि भिर्टनबाट लोनमा खेलिरहेका छन्  ।

यसअघि क्लबले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र विंगर अमाडो डिओपसँग सम्झौता गरेको थियो ।

काठमाडौंको मार्की खेलाडीमा मिडफिल्डर रोहन कार्की छन् । यसैगरी टोलीले बेल्जियमका प्याट्रिक डे विल्डेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

प्रतियोगिता चैत १६ बाट  सुरु हुँदैछ । यसपल्ट काठमाडौंसहित ललितपुर सिटी एफसी,झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।