माघ ८, २०८२ बिहीबार | १२:२८:३१
नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित

एपिएफविरुद्ध गोलको खडेरी तोड्न सक्ला पुलिसले ?

पुलिस र एपिएफ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा सोमबार दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको सातदोबाटोस्थित मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सुपर स्टेज सुरु हुनुअघिदेखि नै बहुप्र्रतिक्षित रुपमा लिइए पनि यो खेल प्रतियोगिता यात्रामा दुुवै टोलीका लागि औपचारिकता मात्र हुनेछ । किनभने यो खेलको नतिजाले अंकतालिकामा कुनै पनि फरक पार्नेछैन । दुबैले प्लेअफमा स्थान बनाइसकेका छन् ।

पछिल्ला ६ खेलमा स्पष्ट १८ अंक जोडेको एपिएफले क्वालिफायर १ मा स्थान बनाइसकेको छ । पुलिसले पनि इलिमिनेटर खेल्ने पक्का भइसकेको छ ।

तर, फुटबल तथ्याङ्कको मात्र खेल होइन, नतिजाले धेरै अर्थ राख्छ । एक–अर्काविरुद्ध श्रेष्ठता सावित गर्ने सवालमा नतिजा महत्वपूर्ण हुन्छ । अझ दुई विभागीय टिमको प्रतिद्वन्द्वीतामा नतिजाले अंकतालिकामा कुनै अर्थ नराखे पनि महत्व बोक्छ । पुलिसलाई यो विभागीय डर्बीमा गोलको खडेरी तोड्ने दबाब छ ।

विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई पुलिससामू बदला लिनुपर्ने दबाब पनि हुनेछ । सुपर स्टेजको पहिलो लेगमा पुलिसले ६–० को फराकिलो हार बेहोरेको थियो । यो हार पुलिसले विर्सेको छैन । सोमबार पुलिसलाई कम्तिमा पनि एपिएफलाई जित्न नदिने चुनौती हुनेछ । तर, यो भनिरहँदा लिगमा पुलिसको अवस्था नाजुक छ ।

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत पुलिसले प्रहार गरेको बललाई रोक्दै बागमतीकी गोलकिपर सुजता तामाङ, तस्विर सौजन्यः एन्फा ।

पुलिसले सुपर स्टेजअघि क्वालिफायर १ मा स्थान बनाउने लक्ष्य राखेको थियो । तर, विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मीविरुद्ध हार बेहोर्दा पुलिसको यो चुनौती समाप्त हुन पुग्यो । जसका कारण पुलिसले अब इलिमिनेटरमा बागमती युवा क्लबविरुद्ध खेल्नुपर्नेछ । पुलिस शीर्ष दुईमा अटाउन नसकेको प्रमुख कारण हो, अग्रपङ्क्तिको कमजोर प्रदर्शन ।

दुई खेलयता पुलिसले विपक्षी पोस्टमा गोल गर्न सकेको छैन । पुलिसका फरवार्डले राम्रो अवसर सिर्जना गर्न सकेका छैनन् । पछिल्लो खेलमा पुलिसले तुलनात्मक रुपमा कमजोर बागमतीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । जसले गर्दा पुलिस प्लेअफका लागि तर्सेको हुनुपर्छ ।

‘कतै बागमतीले स्तब्ध पार्ने त होइन !’ भन्ने पुलिसलाई लाग्न सक्छ । त्यसैले सुपर स्टेजको आफ्नो अन्तिम खेलमा पुलिस एपिएफविरुद्ध गोलको खडेरी तोड्न आतुर हुनेछ ।

तर, मूल प्रश्न एपिएफले पुलिसलाई गोल गर्न देला ?


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate