चैत्र १७, २०८२ मंगलबार | १४:२५:३६
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

एपिएफविरुद्ध गोलको खडेरी तोड्न सक्ला पुलिसले ?

पुलिस र एपिएफ प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा सोमबार दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको सातदोबाटोस्थित मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सुपर स्टेज सुरु हुनुअघिदेखि नै बहुप्र्रतिक्षित रुपमा लिइए पनि यो खेल प्रतियोगिता यात्रामा दुुवै टोलीका लागि औपचारिकता मात्र हुनेछ । किनभने यो खेलको नतिजाले अंकतालिकामा कुनै पनि फरक पार्नेछैन । दुबैले प्लेअफमा स्थान बनाइसकेका छन् ।

पछिल्ला ६ खेलमा स्पष्ट १८ अंक जोडेको एपिएफले क्वालिफायर १ मा स्थान बनाइसकेको छ । पुलिसले पनि इलिमिनेटर खेल्ने पक्का भइसकेको छ ।

तर, फुटबल तथ्याङ्कको मात्र खेल होइन, नतिजाले धेरै अर्थ राख्छ । एक–अर्काविरुद्ध श्रेष्ठता सावित गर्ने सवालमा नतिजा महत्वपूर्ण हुन्छ । अझ दुई विभागीय टिमको प्रतिद्वन्द्वीतामा नतिजाले अंकतालिकामा कुनै अर्थ नराखे पनि महत्व बोक्छ । पुलिसलाई यो विभागीय डर्बीमा गोलको खडेरी तोड्ने दबाब छ ।

विभागीय डर्बी अर्थात प्रतिष्ठाको लडाई पुलिससामू बदला लिनुपर्ने दबाब पनि हुनेछ । सुपर स्टेजको पहिलो लेगमा पुलिसले ६–० को फराकिलो हार बेहोरेको थियो । यो हार पुलिसले विर्सेको छैन । सोमबार पुलिसलाई कम्तिमा पनि एपिएफलाई जित्न नदिने चुनौती हुनेछ । तर, यो भनिरहँदा लिगमा पुलिसको अवस्था नाजुक छ ।

एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत पुलिसले प्रहार गरेको बललाई रोक्दै बागमतीकी गोलकिपर सुजता तामाङ, तस्विर सौजन्यः एन्फा ।

पुलिसले सुपर स्टेजअघि क्वालिफायर १ मा स्थान बनाउने लक्ष्य राखेको थियो । तर, विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मीविरुद्ध हार बेहोर्दा पुलिसको यो चुनौती समाप्त हुन पुग्यो । जसका कारण पुलिसले अब इलिमिनेटरमा बागमती युवा क्लबविरुद्ध खेल्नुपर्नेछ । पुलिस शीर्ष दुईमा अटाउन नसकेको प्रमुख कारण हो, अग्रपङ्क्तिको कमजोर प्रदर्शन ।

दुई खेलयता पुलिसले विपक्षी पोस्टमा गोल गर्न सकेको छैन । पुलिसका फरवार्डले राम्रो अवसर सिर्जना गर्न सकेका छैनन् । पछिल्लो खेलमा पुलिसले तुलनात्मक रुपमा कमजोर बागमतीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । जसले गर्दा पुलिस प्लेअफका लागि तर्सेको हुनुपर्छ ।

‘कतै बागमतीले स्तब्ध पार्ने त होइन !’ भन्ने पुलिसलाई लाग्न सक्छ । त्यसैले सुपर स्टेजको आफ्नो अन्तिम खेलमा पुलिस एपिएफविरुद्ध गोलको खडेरी तोड्न आतुर हुनेछ ।

तर, मूल प्रश्न एपिएफले पुलिसलाई गोल गर्न देला ?


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो