चैत्र ६, २०८२ शुक्रबार | १०:३३:५०
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी

खुला छनोटमा सहभागी ।

काठमाडौ। सरस्वती युथ क्लब, कोटेश्वरले  सहिद स्मारक ‘बी’ डिभिजन लिगको तयारी सुरु गरेको  छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ । सरस्वती २०७६ सालमा शीर्ष डिभिजनबाट घटुवा भएको थियो । २०७८ सालमा सम्पन्न ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि सरस्वती छैटौं स्थानमै सिमिति बनेको थियो ।

यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य लिएको सरसस्वतीले पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ ।

सरस्वतीका टेक्निकल स्टाफ तथा फुटबल विश्लेषक नसिम सुल्तानका अनुसार कागेश्वरी मनोहरा-७ स्थित सोमतिर्थ खेल मैदानमा एक सातासम्म खुला छनोट भएको थियो ।

‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको विश्रामपछि बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि ‘बी’ डिभिजनको तयारीका लागि मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने ।

छनोटमा १५ देखि २८ वर्षसम्मका १०० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

यसैगरी सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व व्यवस्थापक उत्तमराज भण्डारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।  ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलप्मेन्ट कार्यक्रमको एउटा क्षेत्र हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ भण्डारीले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो