माघ १८, २०८२ आइतबार | १०:५५:१२
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी

खुला छनोटमा सहभागी ।

काठमाडौ। सरस्वती युथ क्लब, कोटेश्वरले  सहिद स्मारक ‘बी’ डिभिजन लिगको तयारी सुरु गरेको  छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ । सरस्वती २०७६ सालमा शीर्ष डिभिजनबाट घटुवा भएको थियो । २०७८ सालमा सम्पन्न ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि सरस्वती छैटौं स्थानमै सिमिति बनेको थियो ।

यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य लिएको सरसस्वतीले पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ ।

सरस्वतीका टेक्निकल स्टाफ तथा फुटबल विश्लेषक नसिम सुल्तानका अनुसार कागेश्वरी मनोहरा-७ स्थित सोमतिर्थ खेल मैदानमा एक सातासम्म खुला छनोट भएको थियो ।

‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको विश्रामपछि बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि ‘बी’ डिभिजनको तयारीका लागि मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने ।

छनोटमा १५ देखि २८ वर्षसम्मका १०० भन्दा बढी खेलाडीको सहभागिता थियो ।

यसैगरी सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व व्यवस्थापक उत्तमराज भण्डारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।  ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलप्मेन्ट कार्यक्रमको एउटा क्षेत्र हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं,’ भण्डारीले भने ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।