माघ १७, २०८२ शनिबार | १५:२२:२६
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अनिताको सानदार प्रदर्शनमा एपिएफले आर्मीलाई हरायो

आर्मी (हरियो जर्सी) विरुद्ध प्रतिस्पर्धा गर्दै अनिता बस्नेत, तस्विरः एन्फा ।

काठमाडौं । कप्तान अनिता बस्नेतले लगातार दोस्रो खेलमा सानदार प्रदर्शन गरेपछि एपिएफ क्लबले विभागीय डर्बीमा अर्को जित हासिल गरेको छ ।

शनिबार विंगर अनिताको एक गोल र दुई असिस्टप्रेरित एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा एपिएफले त्रिभुवन आर्मीलाई ३-१ ले हरायो ।

जितसँगै एपिएफ चार खेलमा स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । आर्मीको यो पहिलो हार हो । चार खेलमा आर्मी सात अंक जोड्दै दोस्रो स्थानमा छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा  खेलको ६०औं मिनेटमा एपिएफले बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई सदुपयोग गर्यो । लेफ्ट साइडबाट अनिताको प्रहारलाई रक्षक निशा थोकरले हेडमार्फत जाली चुमाइन् ।

तर, एपिएफको यो अग्रता धेरै बेर टिक्न सकेन । ६९औं मिनेटमा आर्मीले पनि सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । विंगर विमला चौधरीको कर्नरमा रक्षक विमला थापाले अनियन्त्रित विपक्षी रक्षापङ्क्तिको फाइदा उठाउँदै पहिलो बारमा सुन्दर गोल गरिन् ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई अनिताले सदुपयोग गरेपछि एपिएफले फेरि अग्रता लियो । यसपालि उनको प्रहार बारमा रहेका विपक्षी खेलाडीलाई लाग्दै सोझै गोलमा परिणत भयो ।

इन्जुरी समयमा अनिताकै पासमा मिडफिल्डर प्रीति राईले बक्स बाहिरबाट दर्शनीय गोल गरेपछि एपिएफले तीन अंक सुनिश्चित गर्यो । प्रीतिले मध्य क्रसबारको ठिक तल बललाई जाली चुमाएकी थिइन् ।

यसअघि बिहीबार अनिताको ह्याट्रिकप्रेरित एपिएफले नेपाल पुलिसलाई ६(० ले  हराएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।