चैत्र १२, २०८२ बिहीबार | २१:२८:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अनिताको सानदार प्रदर्शनमा एपिएफले आर्मीलाई हरायो

आर्मी (हरियो जर्सी) विरुद्ध प्रतिस्पर्धा गर्दै अनिता बस्नेत, तस्विरः एन्फा ।

काठमाडौं । कप्तान अनिता बस्नेतले लगातार दोस्रो खेलमा सानदार प्रदर्शन गरेपछि एपिएफ क्लबले विभागीय डर्बीमा अर्को जित हासिल गरेको छ ।

शनिबार विंगर अनिताको एक गोल र दुई असिस्टप्रेरित एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा एपिएफले त्रिभुवन आर्मीलाई ३-१ ले हरायो ।

जितसँगै एपिएफ चार खेलमा स्पष्ट १२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । आर्मीको यो पहिलो हार हो । चार खेलमा आर्मी सात अंक जोड्दै दोस्रो स्थानमा छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमामा  खेलको ६०औं मिनेटमा एपिएफले बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई सदुपयोग गर्यो । लेफ्ट साइडबाट अनिताको प्रहारलाई रक्षक निशा थोकरले हेडमार्फत जाली चुमाइन् ।

तर, एपिएफको यो अग्रता धेरै बेर टिक्न सकेन । ६९औं मिनेटमा आर्मीले पनि सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । विंगर विमला चौधरीको कर्नरमा रक्षक विमला थापाले अनियन्त्रित विपक्षी रक्षापङ्क्तिको फाइदा उठाउँदै पहिलो बारमा सुन्दर गोल गरिन् ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा बक्स नजिकै प्राप्त फ्रिकिक अवसरलाई अनिताले सदुपयोग गरेपछि एपिएफले फेरि अग्रता लियो । यसपालि उनको प्रहार बारमा रहेका विपक्षी खेलाडीलाई लाग्दै सोझै गोलमा परिणत भयो ।

इन्जुरी समयमा अनिताकै पासमा मिडफिल्डर प्रीति राईले बक्स बाहिरबाट दर्शनीय गोल गरेपछि एपिएफले तीन अंक सुनिश्चित गर्यो । प्रीतिले मध्य क्रसबारको ठिक तल बललाई जाली चुमाएकी थिइन् ।

यसअघि बिहीबार अनिताको ह्याट्रिकप्रेरित एपिएफले नेपाल पुलिसलाई ६(० ले  हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो