माघ १८, २०८२ आइतबार | १०:३७:४५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

चर्च ब्वाइजको पहिलो हार

चर्च ब्वाइज युनाइटेड, तस्विरः एन्फा ।

काठमाडौं । चर्च ब्वाइज युनाइडेले एन्फा यु-१६ युथ लिगमा पहिलो हार बेहोरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार चर्च ब्वाइजलाई विभागीय टोली नेपाल एपिएफ क्लबले ३-२ ले निरास बनायो ।

लगातार दोस्रो जित निकालेको एपिएफको तीन खेलबाट सात अंक छ । चर्च ब्वाइजको समान खेलमा ६ अंक छ ।

एपिएफका लागि तेन्जिङ शेर्पा र अबिन बस्यालले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । चर्च ब्वाइजका लागि सनिल मगर र सुशान थापामगरले गोल गरे ।

खेलको २५औं मिनेटमा सनिलको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ५१औं मिनेटमा तेन्जिङले एपिएफका लागि बराबरी गोल फर्काए ।

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी तस्विरः एन्फा ।

सुशानले ६४औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि अबिनले एपिएफका लागि बराबरी गोल फर्काए । उनले दोस्रो प्रयासमा गोल गरेका हुन् ।

पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका पास्कल बस्नेतले रोके पनि रिबाउन्डलाई अबिनले पोस्टको दिशा दिए । ८३औं मिनेटमा आदित्य रानामगरबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले ३-२ को जित दर्ता गर्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।