चैत्र १२, २०८२ बिहीबार | १८:३९:५८
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

चर्च ब्वाइजको पहिलो हार

चर्च ब्वाइज युनाइटेड, तस्विरः एन्फा ।

काठमाडौं । चर्च ब्वाइज युनाइडेले एन्फा यु-१६ युथ लिगमा पहिलो हार बेहोरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार चर्च ब्वाइजलाई विभागीय टोली नेपाल एपिएफ क्लबले ३-२ ले निरास बनायो ।

लगातार दोस्रो जित निकालेको एपिएफको तीन खेलबाट सात अंक छ । चर्च ब्वाइजको समान खेलमा ६ अंक छ ।

एपिएफका लागि तेन्जिङ शेर्पा र अबिन बस्यालले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । चर्च ब्वाइजका लागि सनिल मगर र सुशान थापामगरले गोल गरे ।

खेलको २५औं मिनेटमा सनिलको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । ५१औं मिनेटमा तेन्जिङले एपिएफका लागि बराबरी गोल फर्काए ।

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी तस्विरः एन्फा ।

सुशानले ६४औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि अबिनले एपिएफका लागि बराबरी गोल फर्काए । उनले दोस्रो प्रयासमा गोल गरेका हुन् ।

पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका पास्कल बस्नेतले रोके पनि रिबाउन्डलाई अबिनले पोस्टको दिशा दिए । ८३औं मिनेटमा आदित्य रानामगरबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले ३-२ को जित दर्ता गर्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो