चैत्र २, २०८२ सोमबार | १६:३०:५८
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

राष्ट्रिय महिला लिगः दुई पुलिसको भिडन्तमा कस्को पल्ला भारी ?

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा बिहीबार बहुप्रतीक्षित खेल हुँदै छ । विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । पछिल्ला दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको छ । यो हुन आउँछ ७ गोल प्रतिखेल । तर, यी गोल एपिएफले विभाग बाहिरको टोलीविरुद्ध गरेको हो । उपाधिको बलियो दाबेदार एपिएफको वास्तविक परीक्षा आज नै हो ।

बागमती युथ क्लब र वालिङ नगरपालिकाविरुद्ध आक्रामक खेल प्रस्तुत गरेको एपिएफ विभागीय प्रतिद्वन्द्वीविरुद्ध पनि यही रणनीतिअनुसार मैदान उत्रने योजनामा छ ।

‘पुलिस र आर्मी दुवै राम्रा टोली हुन् । जसरी हामीले यो लिगमा खेल्दै आएका थियौं, त्यसरी नै खेल्ने योजना छ,’ एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे भन्छन् ।

एपिएफले पछिल्लो खेलमा वालिङविरुद्ध ९-० को फराकिलो जित पाएको थियो । एपिएफले वालिङविरुद्ध योभन्दा धेरै गोल गर्न सक्थ्यो । तर, खेलाडीले आधा दर्जनभन्दा बढी सुनौला अवसर गोलमा परिणत नै गर्न सकेनन् । पुलिसविरुद्ध एपिएफका लागि यही एउटा चिन्ताको विषय बन्न सक्छ ।

लिगको सर्वाधिक गोलकर्ताको दौडमा शीर्षस्थानमा रहेकी रश्मिकुमारी घिसिङले दोस्रो चरणको पहिलो खेलमा बागमतीविरुद्ध ह्याट्रिक गरेकी थिइन् । यो लयलाई रश्मिले दोस्रो खेलमा पनि निरन्तरता दिइन् । यसपालि उनले चार गोल गरिन् । तर, केही सहज अवसरमा भने रश्मि चुकेकी थिइन् ।

पुलिस जारी लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो । राष्ट्रिय टोलीकी वैकल्पिक गोलकिपर उषा नाथ अहिलेसम्म ‘बिट’ भएकी छैनन् । एपिएफ फरवार्डलाई पुलिसको यो लय तोड्ने चुनौती हुनेछ । यसका लागि उनीहरूले राष्ट्रिय टोलीका सिनियर खेलाडी अमृता जैसीको रक्षापंक्ति तोड्नुपर्ने हुन्छ । अमृतालाई साथ दिइरहेकी छन् राष्ट्रिय टोलीका अर्का सदस्य समिक्षा घिमिरेले । 

अमृता र समिक्षाको जोडीले दोस्रो खेलमा आर्मीको आक्रमण रोकेको थियो । आर्मीकी स्ट्राइकर चन्द्रा भण्डारीले मुस्किलले गोलको एक अवसर प्राप्त गरेकी थिइन् । कठिन प्रयासका बावजुद चन्द्राले राम्रो अवसर सिर्जना गर्नै सकिनन् । पाएको एक अवसर उनलाई उनले पोस्टसम्म त पुर्याइन् । तर, उषाले उक्त प्रहारमा सुन्दर बचाउ गरिन् ।

पहिलो चरणमा प्रतिस्पर्धा गर्दै एपिएफ र पुलिस, फाइल तस्विर । 

समिक्षाले बागमतीविरुद्धको पछिल्लो खेलमा भने उपस्थिति जनाइनन् । स्वास्थ्य समस्याका कराण समिक्षाको स्थानमा राइट ब्याक पूजा रानालाई खेलाइएको थियो । अनियमित पोजिसनका बावजुद पूजाले सेन्टर ब्याकको भूमिका राम्रोसँग निभाइन् । गोलको खाँचो रहँदा पूजालाई मुख्य प्रशिक्षक भोलानाथ सिलवालले विंगरका रूपमा पनि प्रस्तुत गरे । बागमतीविरुद्ध पूजाले विंगरको पोजिसनमा खेलिरहँदा गोल पनि प्रहार गरिन् ।

बलियो एपिएफविरुद्ध प्रशिक्षक सिलवालले पूजालाई आफ्नो नियमित पोजिसन राइट ब्याकमै प्रयोग गर्ने सम्भावना बढी छ । पूजा, अमृता, समिक्षासँगै एपिएफविरुद्ध युवा मिडफिल्डर बिर्सना चौधरी र अनुभवी कप्तान निरु थापाको प्रेरणादायी प्रदर्शन महत्त्वपूर्ण रहनेछ । आर्मीको एकपछि अर्को आक्रमण विफल पारेकी बिर्सना ‘प्लेयर अफ द म्याच’ पनि चुनिएकी थिइन् ।

कागजमा एपिएफ बलियो देखिन्छ । किनभने एपिएफसँग राष्ट्रिय टोलीका सदस्यको बाहुल्य छ । सविता रानामगर, सरु लिम्बु, प्रीति राई, रेनुका नगरकोटे, गीता राना जस्ता स्टार खेलाडीले भरिएको एपिएफ पुलिसविरुद्ध हाबी देखिने अनुमान गर्न सकिन्छ । सबै पोजिसनमा एपिएफ बलियो छ ।

उता पुलिसमा राम्रो खेलाडीको कमी देखिएको छ । विशेषगरी फरवार्ड लाइनमा । यो फरवार्ड निरु आफैंले स्वीकारेको तथ्य हो । निरु भन्छिन्, ‘हामीले पाएका अवसर सदुपयोग नै गर्न सकिरहेका छैनौं । लिग राम्रो भइरहेको छ । खास भन्ने हो भने हाम्रो टोलीमा स्तरीय खेलाडी अभाव छ ।’

पहिलो चरणमा पुलिसले एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । यसपालि पनि प्रशिक्षक सिलवाल एपिएफलाई जित्न नदिने दाउमा छन् । भन्छन्, ‘एपिएफ गाह्रो प्रतिद्वन्द्वी हो । तर, हामी जसरी भए पनि एपिएफ हराउने प्रयासमा हुनेछौं ।’

प्रशिक्षक सिलवालले भनेजस्तो पुलिसलाई सजिलो भने छैन । पहिलो चरणमा दुवैले आफ्नो पहिलो खेल खेलेका थिए । त्यसमाथि मुसलधारे वर्षाका कारण मैदान पूरै भिजेको थियो । खेल हुने नहुनेमै टुंगो थिएन । पछि एन्फा खेल गर्ने निर्णयमा पुगेको थियो । पानी सुकिसकेको थिएन । तर, जसोतसो खेल सम्भव भएको थियो । यस्तोमा एपिएफलाई पक्कै पनि केही हदसम्म गाह्रो भएको थियो । यो कुरा पुलिसमा पनि लागू हुन्छ । के थाहा ! पानी नपरेको भए पुलिसले नै जित्थ्यो कि त्यो खेल ?


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||