पुस २५, २०८२ शनिबार | १४:१०:२७
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

राष्ट्रिय महिला लिगः दुई पुलिसको भिडन्तमा कस्को पल्ला भारी ?

फाइल तस्विर

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा बिहीबार बहुप्रतीक्षित खेल हुँदै छ । विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । पछिल्ला दुई खेलमा एपिएफले विपक्षी पोस्टमा १४ गोल गरेको छ । यो हुन आउँछ ७ गोल प्रतिखेल । तर, यी गोल एपिएफले विभाग बाहिरको टोलीविरुद्ध गरेको हो । उपाधिको बलियो दाबेदार एपिएफको वास्तविक परीक्षा आज नै हो ।

बागमती युथ क्लब र वालिङ नगरपालिकाविरुद्ध आक्रामक खेल प्रस्तुत गरेको एपिएफ विभागीय प्रतिद्वन्द्वीविरुद्ध पनि यही रणनीतिअनुसार मैदान उत्रने योजनामा छ ।

‘पुलिस र आर्मी दुवै राम्रा टोली हुन् । जसरी हामीले यो लिगमा खेल्दै आएका थियौं, त्यसरी नै खेल्ने योजना छ,’ एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे भन्छन् ।

एपिएफले पछिल्लो खेलमा वालिङविरुद्ध ९-० को फराकिलो जित पाएको थियो । एपिएफले वालिङविरुद्ध योभन्दा धेरै गोल गर्न सक्थ्यो । तर, खेलाडीले आधा दर्जनभन्दा बढी सुनौला अवसर गोलमा परिणत नै गर्न सकेनन् । पुलिसविरुद्ध एपिएफका लागि यही एउटा चिन्ताको विषय बन्न सक्छ ।

लिगको सर्वाधिक गोलकर्ताको दौडमा शीर्षस्थानमा रहेकी रश्मिकुमारी घिसिङले दोस्रो चरणको पहिलो खेलमा बागमतीविरुद्ध ह्याट्रिक गरेकी थिइन् । यो लयलाई रश्मिले दोस्रो खेलमा पनि निरन्तरता दिइन् । यसपालि उनले चार गोल गरिन् । तर, केही सहज अवसरमा भने रश्मि चुकेकी थिइन् ।

पुलिस जारी लिगमा एक गोल पनि नखाने टोलीमध्ये एक हो । राष्ट्रिय टोलीकी वैकल्पिक गोलकिपर उषा नाथ अहिलेसम्म ‘बिट’ भएकी छैनन् । एपिएफ फरवार्डलाई पुलिसको यो लय तोड्ने चुनौती हुनेछ । यसका लागि उनीहरूले राष्ट्रिय टोलीका सिनियर खेलाडी अमृता जैसीको रक्षापंक्ति तोड्नुपर्ने हुन्छ । अमृतालाई साथ दिइरहेकी छन् राष्ट्रिय टोलीका अर्का सदस्य समिक्षा घिमिरेले । 

अमृता र समिक्षाको जोडीले दोस्रो खेलमा आर्मीको आक्रमण रोकेको थियो । आर्मीकी स्ट्राइकर चन्द्रा भण्डारीले मुस्किलले गोलको एक अवसर प्राप्त गरेकी थिइन् । कठिन प्रयासका बावजुद चन्द्राले राम्रो अवसर सिर्जना गर्नै सकिनन् । पाएको एक अवसर उनलाई उनले पोस्टसम्म त पुर्याइन् । तर, उषाले उक्त प्रहारमा सुन्दर बचाउ गरिन् ।

पहिलो चरणमा प्रतिस्पर्धा गर्दै एपिएफ र पुलिस, फाइल तस्विर । 

समिक्षाले बागमतीविरुद्धको पछिल्लो खेलमा भने उपस्थिति जनाइनन् । स्वास्थ्य समस्याका कराण समिक्षाको स्थानमा राइट ब्याक पूजा रानालाई खेलाइएको थियो । अनियमित पोजिसनका बावजुद पूजाले सेन्टर ब्याकको भूमिका राम्रोसँग निभाइन् । गोलको खाँचो रहँदा पूजालाई मुख्य प्रशिक्षक भोलानाथ सिलवालले विंगरका रूपमा पनि प्रस्तुत गरे । बागमतीविरुद्ध पूजाले विंगरको पोजिसनमा खेलिरहँदा गोल पनि प्रहार गरिन् ।

बलियो एपिएफविरुद्ध प्रशिक्षक सिलवालले पूजालाई आफ्नो नियमित पोजिसन राइट ब्याकमै प्रयोग गर्ने सम्भावना बढी छ । पूजा, अमृता, समिक्षासँगै एपिएफविरुद्ध युवा मिडफिल्डर बिर्सना चौधरी र अनुभवी कप्तान निरु थापाको प्रेरणादायी प्रदर्शन महत्त्वपूर्ण रहनेछ । आर्मीको एकपछि अर्को आक्रमण विफल पारेकी बिर्सना ‘प्लेयर अफ द म्याच’ पनि चुनिएकी थिइन् ।

कागजमा एपिएफ बलियो देखिन्छ । किनभने एपिएफसँग राष्ट्रिय टोलीका सदस्यको बाहुल्य छ । सविता रानामगर, सरु लिम्बु, प्रीति राई, रेनुका नगरकोटे, गीता राना जस्ता स्टार खेलाडीले भरिएको एपिएफ पुलिसविरुद्ध हाबी देखिने अनुमान गर्न सकिन्छ । सबै पोजिसनमा एपिएफ बलियो छ ।

उता पुलिसमा राम्रो खेलाडीको कमी देखिएको छ । विशेषगरी फरवार्ड लाइनमा । यो फरवार्ड निरु आफैंले स्वीकारेको तथ्य हो । निरु भन्छिन्, ‘हामीले पाएका अवसर सदुपयोग नै गर्न सकिरहेका छैनौं । लिग राम्रो भइरहेको छ । खास भन्ने हो भने हाम्रो टोलीमा स्तरीय खेलाडी अभाव छ ।’

पहिलो चरणमा पुलिसले एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । यसपालि पनि प्रशिक्षक सिलवाल एपिएफलाई जित्न नदिने दाउमा छन् । भन्छन्, ‘एपिएफ गाह्रो प्रतिद्वन्द्वी हो । तर, हामी जसरी भए पनि एपिएफ हराउने प्रयासमा हुनेछौं ।’

प्रशिक्षक सिलवालले भनेजस्तो पुलिसलाई सजिलो भने छैन । पहिलो चरणमा दुवैले आफ्नो पहिलो खेल खेलेका थिए । त्यसमाथि मुसलधारे वर्षाका कारण मैदान पूरै भिजेको थियो । खेल हुने नहुनेमै टुंगो थिएन । पछि एन्फा खेल गर्ने निर्णयमा पुगेको थियो । पानी सुकिसकेको थिएन । तर, जसोतसो खेल सम्भव भएको थियो । यस्तोमा एपिएफलाई पक्कै पनि केही हदसम्म गाह्रो भएको थियो । यो कुरा पुलिसमा पनि लागू हुन्छ । के थाहा ! पानी नपरेको भए पुलिसले नै जित्थ्यो कि त्यो खेल ?


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||