काठमाडौं । मेक्सिन टोली पाचुकाविरुद्ध ३-० को सहज जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ।
यससँगै रियाल चार पटक यो उपाधि जित्ने पहिलो टोली बनेको छ । यसअघि क्लब सन् १९६०, १९९८ र २००२ मा च्याम्पियन बनेको थियो ।
बुधबार कतारको लुसेल रंगशालामा रियाललाई जित दिलाउन किलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे ।
खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ५३औं मिनेटमा रोड्रिगोले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै रियाललाई सहज जित दिलाए ।
यससँगै कार्लो एन्सेलोट्टी क्लब इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक बनेका छन्। एन्सेलोट्टीको यो १५औं उपाधि हो ।
उनले मिगुएल मुनोजको १४ ट्रफीको कीर्तिमान तोडेका छन् ।
भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal