युराेपा लिग

वेस्ट हम स्तब्ध

लन्डन । डिनामो जागरेबले बिहीबार युरोपा लिगमा वेस्ट हमलाई १-० ले निराश पारेको छ ।

वेस्ट हम यसअघि नै समुह ‘एच’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ । 

डिनामो जागरेबविरुद्ध वेस्ट हमका प्रशिक्षकडेविड मोइसले युवा टोली मैदान उतारेका थिए। जहाँ पाँच खेलाडी २० वर्ष भन्दा कम उमेरका थिए । 

चौथो मिनेट मै मिसलाभ ओरसिचले गरेको गोल डिनामो जागरेबको जितका लागि पर्याप्त बन्यो ।

वेस्ट हममाथिको जितपछि डिनामो जागरेब समूह ‘एच’ को उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । 

वेस्ट हमको ६ खेलमा १३ अंक रह्यो भने जागरेबले समान खेलमा १० अंक जोड्यो । तेस्रो स्थानको  वेनको ६ र चौथो स्थानको जिंकको स ५ अंक रह्यो ।