चैत्र १२, २०८२ बिहीबार | १४:४८:३३
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

जापानको विजयी यात्रा जारी

काठमाडौं । जापानले फिफा विश्वकप एसिया छनोटमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

जापानले बिहीबार घरेलु टोली साउदी अरेबियाविरुद्ध २-० को जित निकाल्यो ।

जितसँगै तीन खेलमा ९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्षस्थानमा छ । पहिलो हार ब्यहोरेको साउदी अरेबिया समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ ।

किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा जापानलाई जित दिलाउन डाइची कामाडा र कोकी ओग्वाले गोल गरे ।

खेलको १४औं मिनेटमा कामाडाको गोलमार्फत जापानले अग्रता लिएको थियो । ८१औं मिनेटमा ओग्वाले गोल गर्दै जापानलाई सहज जित दिलाए ।

छनोटअन्तर्गतकै अन्य खेलमा अस्ट्रेलियाले चीन तथा कतारले किर्गिस्तानलाई समान ३-१, दक्षिण कोरियाले जोर्डनलाई २-०, ओमानले कुवेतलाई ४-० र इराकले प्यालेस्टाइनलाई १-० ले पराजित गरे ।

यसैगरी बहराइन र इन्डोनेसिया २-२, संयुक्त अरब ईमिरेट्स (युएई) र उत्तर कोरिया १-१ तथा उज्वेकिस्तान र इरान गोलरहित बराबरीमा रोकिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो