आश्विन ३, २०८१ बिहीबार | २१:३१:३२
रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन विजयी यात्रा जारी राख्ने लक्ष्यमा पुलिस रुसकी एकातोरिना जुभ्यागिन्त्सेभा गण्डकी थन्डर्समा अनुबन्ध शान्त नेपाल र चित्लाङ विजयी टुसाल विद्यालयस्तरिय पौडीः स्वस्तिश्री च्याम्पियन बागमतीविरुद्ध वालिङको प्रभावशाली जित अन्तरवडा फुटसलः वडा नं १२, ५, २६ र ३२ विजयी ललितपुर क्विन्सले शनिबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भैंसेपाटी स्पोर्टस एकेडेमी सञ्चालनमा दशरथ रंगशाला स्तरोन्नतीको कार्ययोजना पेश गर्न एन्फाको आलटाल नेपाल च्याम्पियन विजयी यात्रा जारी राख्ने लक्ष्यमा पुलिस

रियालका ब्राजिली खेलाडीलाई नेयमारको चेतावनीः एमबाप्पेसँग खेल्नु नारकीय

काठमाडौं । नेयमार जुनियरले रियालमड्रिडमा रहेका भिनिसियर जुनियर र रोड्रिगो डी जियसलगायतका आफ्ना ब्राजिली साथीलाई किलियन एमबाप्पेसँग एउटै टिमबाट खेल्नु निक्कै चुनौतीपूर्ण हुने भन्दै सचेत गराएको समाचार सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार फ्रान्सेली लिग वानको महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रहँदा दुई फरवार्ड ब्राजिलका नेयमार र फ्रान्सका एमबाप्पेबीच सम्बन्ध राम्रो थिएन ।

एमबाप्पेको बहुचर्चित सरुवा सम्झौता भएपछि स्पेनिस राजधानीमा भिनिसिय र रोड्रिगोले फ्रान्सेली सुपरस्टारलाई खुला मनले स्वागत गरेका थिए ।

एमबाप्पेको आगमनपछिको सुरुआति समयमा स्टार खेलाडीले भरिपूर्ण रियालको आक्रमणपंक्तिमा समन्वयको समस्या देखिइरहेको छ । जसलाई मिलाउन प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई कठिन भइरहेको बताइन्छ ।

स्पेनिस ला लिगामा सबै तीन फरवार्डले गोल गर्नाका बावजुद आक्रमणको लयमा देखिने गरि समस्या आइरहेका छन् । अधिकांश मुभमा एमबाप्पे र भिनिसियस दुवै मैदानको वायाँ भागमा उही ठाउँमा रुमल्लिइरहेका देखिन्छन् ।

धेरैले एमबाप्पेको विश्वव्यापी स्टारडम र रियालमा भिनिसियसको पोस्टर ब्वायको हैसियतले दुई स्टारबीच इगोको द्वन्द्व हुने अनुमान गरेका थिए ।

अहिलेसम्म भने मैदानमा त्यस्तो गैह्र खेलकुदीय भावना देखिएको छैन । भिनिसियसले निश्वार्थ भावनाले एमबाप्पेलाई दुई पेनाल्टीको अवसरमा प्रहार गर्न दिइसकेका छन् ।

तर नेयमारले आफ्नो देशका खेलाडीहरुलाई एमबाप्पेसँग सचेत रहेर व्यवहार गर्न सुझाएको समाचारहरुमा जनाइएको छ ।  २०१७ देखि २०२३ सम्म पिएसजीमा रहँदा एमबाप्पे र नेयमार १३६ खेलमा सँगै मैदान उत्रिएका थिए । जहाँ यी दुईको नाममा ५४ गोल भएका थिए ।

हाल नेयमार अल हिलालमा करियर घिसारिरहँदा एमबाप्पे भने सनसनीपूर्ण रुपमा रियाल पुगेका छन् । यसैबीच फ्रान्सेली कप्तान एमबाप्पेसँग खेल्न निक्कै गाह्रो हुने भन्दै नेयमारले भिनिसियर, रोडरिगो र रक्षक इडर मिलिटोलाई सम्झाएको बताइएको छ । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024