चैत्र ९, २०८२ सोमबार | १८:३०:५९
सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न

प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको साविक विजेता म्यानचेष्टर सिटी र चेल्सीले जित निकाल्दा लिभरपुल भने पराजित भएको छ ।

घरेलु मैदान इत्तिहादमा सिटीले ब्रेन्टफोर्डमाथि २–१ को पुनरागमन जित निकाल्यो । सिटीको लगातार जितमा एर्लिङ हाल्यान्ड नायक बने  । उनले दुबै गोल गरेका हुन् । यसअघि खेलको पहिलो मिनेटमै योने विसले गोल गर्दै सिटीमाथि दबाब बढाएका थिए ।

हाल्यान्डले १९औं मिनेटमै बराबरी गोल गरे । उनले नै ३२औं मिनेटमा विजयी गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएनन् ।

यता, लिभरपुल भने घरेलु मैदानमा नटिंघम फोरेष्टसँग १–० ले पराजित भयो । भ्रमणकारी टोलीको जितमा कलम हुडसन ओडोइले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । पराजित भएपछि लिभरपुलले सिटीसँग अंक बराबर गर्ने अवसर गुमायो ।

राति नै भएको खेलमा चेल्सीले दोस्रो जित निकाल्यो । उसले बर्नामाउथलाई १–० ले हराएको हो । खेल सकिन चार मिनेटअघि क्रिष्टिफर एनकुन्कुले गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि जाडोन सान्चोले उनलाई बल उपलब्ध गराएका थिए ।

यसअघि खेलको ३८औं मिनेटमा बर्नामाउथका इभानिल्सनले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा चेल्सीविरुद्ध टोली अग्रता बनाउन असफल भएको थियो ।

अर्काे खेलमा म्यानचेष्टर युनाइटेडले सहज जित निकाल्दा साउथह्याम्पटनलाई  ३–० ले हराएको छ ।

लिभरपुलको हारपछि सिटीले तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको छ । सिटी लगातार चौथो जितपछि १२ अंकसहित शीर्षस्थानमा छ । लिभरपुल र एष्टन भिल्लाको समान ९ अंक रह्यो । चेल्सी ७ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो