माघ १७, २०८२ शनिबार | १४:२३:२३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको साविक विजेता म्यानचेष्टर सिटी र चेल्सीले जित निकाल्दा लिभरपुल भने पराजित भएको छ ।

घरेलु मैदान इत्तिहादमा सिटीले ब्रेन्टफोर्डमाथि २–१ को पुनरागमन जित निकाल्यो । सिटीको लगातार जितमा एर्लिङ हाल्यान्ड नायक बने  । उनले दुबै गोल गरेका हुन् । यसअघि खेलको पहिलो मिनेटमै योने विसले गोल गर्दै सिटीमाथि दबाब बढाएका थिए ।

हाल्यान्डले १९औं मिनेटमै बराबरी गोल गरे । उनले नै ३२औं मिनेटमा विजयी गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले गोलको प्रयास गरेपनि सफल भएनन् ।

यता, लिभरपुल भने घरेलु मैदानमा नटिंघम फोरेष्टसँग १–० ले पराजित भयो । भ्रमणकारी टोलीको जितमा कलम हुडसन ओडोइले ७२औं मिनेटमा निर्णायक गोल गरेका थिए । पराजित भएपछि लिभरपुलले सिटीसँग अंक बराबर गर्ने अवसर गुमायो ।

राति नै भएको खेलमा चेल्सीले दोस्रो जित निकाल्यो । उसले बर्नामाउथलाई १–० ले हराएको हो । खेल सकिन चार मिनेटअघि क्रिष्टिफर एनकुन्कुले गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि जाडोन सान्चोले उनलाई बल उपलब्ध गराएका थिए ।

यसअघि खेलको ३८औं मिनेटमा बर्नामाउथका इभानिल्सनले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा चेल्सीविरुद्ध टोली अग्रता बनाउन असफल भएको थियो ।

अर्काे खेलमा म्यानचेष्टर युनाइटेडले सहज जित निकाल्दा साउथह्याम्पटनलाई  ३–० ले हराएको छ ।

लिभरपुलको हारपछि सिटीले तालिकामा स्पष्ट तीन अंकको अग्रता लिएको छ । सिटी लगातार चौथो जितपछि १२ अंकसहित शीर्षस्थानमा छ । लिभरपुल र एष्टन भिल्लाको समान ९ अंक रह्यो । चेल्सी ७ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।