आश्विन ३, २०८१ बिहीबार | ०६:५१:५०
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

एपिएफको अपराजित यात्रा जारी

एपिएफ र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

काठमाडौं । एन्फा महिला लिगमा बिहीबार विभागीय टोली नेपाल एपिएफ क्लबले वालिङ नगरपालिकाविरुद्ध २-१ को  रोमाञ्चक जित निकालेको छ ।

जितसँगै चार खेलबाट १० अंक जोडेको एपिएफ दोस्रो स्थानमा उक्लिएको छ । पराजित वालिङ समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ ।

सअघि विभागीय प्रतिद्धन्द्ध नेपाली पुलिस क्लबसँग बराबरीमा रोकिएको एएिफले आर्मी र चन्द्रपुर नगरपालिकालाई हराएको थियो ।

यसअघि कोशी प्रदेशसँग हार ब्यहोरेको बालिङले कर्णाली प्रदेश र संकटा क्लबलाई पराजित गरेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटे र  रश्मीकुमार घिसिङले गोल गरे । वालिङका लागि सिसी एनटोङ्गोले  गोल फर्काइन् ।

एपिएफ र वालिङ प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

खेलको १२औं मिनेटमा रेनुकाको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । उनले सरु लिम्बुको पासलाई बक्स बाहिरबाटै पोस्ट दिशा दिइन् ।

रश्मीले ३८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् । यसपटक पनि सरुले नै गोलको अवसर सिर्जना गरेकी थिइन् ।  सरुको थ्रु पासलाई रश्मीले वालिङकी गोलकिपर राधिका ओलीलाई बिट गर्दै जाली चुमाइन् ।  

 एनटोङ्गोले ८०औं मिनेटमा गोल गर्दै वालिङलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । एनटोङ्गोले अञ्जली मचामसीको हेडर पासलाई बक्स बाहिरबाटै पोस्ट दिशा दिइन् ।

बिहीबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती युवा क्लबविरुद्ध ३‍-० को सहज जित निकाल्यो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024