माघ १८, २०८२ आइतबार | ००:४०:०८
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एन्फा महिला लिगः कोशी लगातार दोस्रो खेलमा विजयी

बागमती युथ क्लबविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै कोशीका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको कोशी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको बागमतीको समान खेलबाट तीन अंक छ ।

पहिलो खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० तथा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेका थिए ।

खेलको २६औं मिनेटमा विष्णुमाया बलको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । आरती भुजेलको कर्नरलाई विपक्षी रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा विष्णुमायाले बक्स बाहिरबाट गरेको फितलो प्रहार गोलमा परिणत भयो ।

कोशी र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

बागमतीको अग्रता लामो समयसम्म टिक्ने भने सकेन । तीन मिनेटपछि नै समीक्षा मगरले गोल गर्दै कोशीलाई बराबरीमा ल्याइन् । नेहा कुमारी चौधरीको लामो  पासलाई  समीक्षा मगरले हेडमार्फत पोस्टको दिशा दिइन् ।

दुई मिनेटपछि नै बागमतीकी गोलकिपर करुणा बुढाथोकी बाधक बन्दा कोशीले अग्रता लिन सकेन । सुनीता सरकारले लामो दूरीबाट गरेको प्रहार करुणाले बचाइन् ।  

बागमतीकी कप्तान दिब्या यस्मालीमगरबाट ५५औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा कोशी २-१ ले अगाडि बढ्यो । प्रतीक्षा राईकाे प्रहार बागमतीकी दिव्यालाई लाग्दै गोलमा परिणत भयो ।

 त्यसपछि खेलमा थप गोल निस्कन सकेन । अब आइतबार कोशीले कर्णाली र बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।