चैत्र ७, २०८२ शनिबार | २३:५४:१५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फा महिला लिगः कोशी लगातार दोस्रो खेलमा विजयी

बागमती युथ क्लबविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै कोशीका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको कोशी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको बागमतीको समान खेलबाट तीन अंक छ ।

पहिलो खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० तथा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेका थिए ।

खेलको २६औं मिनेटमा विष्णुमाया बलको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । आरती भुजेलको कर्नरलाई विपक्षी रक्षापङ्क्तिले क्लियर गर्न नसक्दा विष्णुमायाले बक्स बाहिरबाट गरेको फितलो प्रहार गोलमा परिणत भयो ।

कोशी र बागमती प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

बागमतीको अग्रता लामो समयसम्म टिक्ने भने सकेन । तीन मिनेटपछि नै समीक्षा मगरले गोल गर्दै कोशीलाई बराबरीमा ल्याइन् । नेहा कुमारी चौधरीको लामो  पासलाई  समीक्षा मगरले हेडमार्फत पोस्टको दिशा दिइन् ।

दुई मिनेटपछि नै बागमतीकी गोलकिपर करुणा बुढाथोकी बाधक बन्दा कोशीले अग्रता लिन सकेन । सुनीता सरकारले लामो दूरीबाट गरेको प्रहार करुणाले बचाइन् ।  

बागमतीकी कप्तान दिब्या यस्मालीमगरबाट ५५औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा कोशी २-१ ले अगाडि बढ्यो । प्रतीक्षा राईकाे प्रहार बागमतीकी दिव्यालाई लाग्दै गोलमा परिणत भयो ।

 त्यसपछि खेलमा थप गोल निस्कन सकेन । अब आइतबार कोशीले कर्णाली र बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो