चैत्र ८, २०८२ आइतबार | १२:५९:४७
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

एन्फा र ‘बी’ डिभिजनका क्लबबीचको बैठक अझै सुरु भएन

एन्फा मुख्यालय,फाइल तस्विर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजका क्लबलाई आगामी लिगको विषयमा छलफल गर्न बाेलाएकाे बैठक अझै सुरु हुन सकेको छैन ।

एन्फा महासचिव किरण राईले आइतबार सहभागी १४ क्लबलाई १ बजे बैठकमा बोलाएका थिए । २ बजेसम्म कुनै पनि क्लबका पदाधिकारी एन्फा परिषरमा पुगेका छैनन् ।

‘बी’ डिभिजन क्लबका संयोजक कुमार राजभण्डारीले असन्तुष्ट ११ क्लब बैठकमा सहभागी नहुने बताए । एन्फाले ०७७ सालको लिगको बक्यौता रकम अझै उपलब्ध नगराएकाले सहभागी नहुने उनको ठहर छ ।

‘२०७७ सालकै पैसा आएको छैन । हामीले पटक पटक उक्त रकम उपब्ध गराउन माग गरेका छौं । तर एन्फाले मानिरहेको छैन । माग नै नसुन्ने बैठकमा सहभागी हुनुको के अर्थ ?,’ राजभण्डारीले भने, ‘जहिले पनि दिन्छु भन्छन् । तर, दिँदैनन् । ४-५ पटक यस्तै भइसक्यो ।’

राजभण्डारीका एन्फाले ५ क्लबलाई करिब ३५ लाख बक्यौता दिन बाँकी छ । एन्फाले बक्यौता रकम नदिएपछि अन्य ६ क्लबले पनि ऐक्यवद्धता जनाएका छन् ।

पंकजविक्रम नेम्वाङ एन्फा नेतृत्वमा आएको साढे दुई वर्ष पुग्नै लाग्दा सहिद स्मारक ‘ए’ र ‘सी’ डिभिजन लिग सम्पन्न भए पनि ‘बी’ डिभिजन लिग भने गर्न सकेको छैन ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो