चैत्र ७, २०८२ शनिबार | २१:३७:४७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एन्फालाई परिषदको निर्देशनः उपाध्यक्ष लामाको विषयमा यथार्थ जानकारी गराउनु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको लागु औषध कारोबार मुद्धामा अदालतबाट दोषी ठहर भएको भन्ने विषयमा यथार्थ जानकारी गराउन एन्फालाई पत्राचार गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले गएको साउन २० गते उपाध्यक्ष लामा लागु औषध कारोबारको मुद्धामा अदालतबाट दोषी ठहर भइसकेकाले खेलकुद विकास ऐनअनुसार कार्वाहीको माग राख्दै परिषदमा निवेदन दायर गराएका थिए ।

खड्काले लागु औषध कारोबार मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा लामा खेलकुद विकास ऐनअनुसार पदमा बहाल रहन नसक्ने जिकिर गर्दै परिषद, युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष निवेदन बुझाएका थिए ।

परिषदले वरिष्ठ उपाध्यक्ष खड्काको निवेदनपछि एन्फालाई पत्राचार गरेको हो । परिषदले यसअघि गत चैत २५ मा पनि एन्फासँग लिखित जानकारी उपलब्ध गराउन भन्दै पत्राचार गरेको थियो । तर एन्फाले त्यस विषयमा परिषदलाई अझैसम्म जानकारी नगराएको जनाइएको छ ।

‘परिषदको गत चैत २५ गतेको पत्रबाट ‘लिखित जानकारी उपलब्ध गराइदिने सम्बन्धमा’ विषयक पत्रबाट पत्राचार गरिएकोमा सो पत्रको हालसम्म जवाफ उपलब्ध नभएकोले सोको लिखित विवरण पेश गर्नुका साथै अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले परिषदसमक्ष यही साउन २० गते ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार आवश्यक कारवाही गरिपाउँ’ भन्ने सम्बन्धमा भन्ने विषयको निवेदन प्राप्त भएकोले सो सम्बन्धमा संलग्न श्री पुनरावेदन अदालत पाटन संयुक्त इजलासबाट प्राप्त भएको पत्र थान ९ र परिषदको चैत २५ गतेको पत्रको छायाँ कपी थान एक गरि जम्मा १० थान यसै पत्रसाथ संलग्न राखी व्यहोरा उक्त पत्रहरुबाट अवगत गर्नुभई सो सम्बन्धमा आवश्यक कारवाही गरि यथार्थ विवरण पत्र प्राप्त मितिले तीन दिनभित्र परिषदमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ,’ राष्ट्रिय खेलकुद परिषदको संघ संस्था समन्वय शाखाका प्रमूख चन्द्रकुमार राईले एन्फालाई पठाएको पत्रमा लेखिएको छ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो