माघ १५, २०८२ बिहीबार | १५:२१:३३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एन्फालाई परिषदको निर्देशनः उपाध्यक्ष लामाको विषयमा यथार्थ जानकारी गराउनु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाको लागु औषध कारोबार मुद्धामा अदालतबाट दोषी ठहर भएको भन्ने विषयमा यथार्थ जानकारी गराउन एन्फालाई पत्राचार गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले गएको साउन २० गते उपाध्यक्ष लामा लागु औषध कारोबारको मुद्धामा अदालतबाट दोषी ठहर भइसकेकाले खेलकुद विकास ऐनअनुसार कार्वाहीको माग राख्दै परिषदमा निवेदन दायर गराएका थिए ।

खड्काले लागु औषध कारोबार मुद्धामा दोषी ठहर भई अदालतबाट कार्वाहीसमेत निर्णय भइसकेको अवस्थामा लामा खेलकुद विकास ऐनअनुसार पदमा बहाल रहन नसक्ने जिकिर गर्दै परिषद, युवा तथा खेलकुद मन्त्रालय र प्रतिनिधिसभाको राज्य व्यवस्था समितिसमक्ष निवेदन बुझाएका थिए ।

परिषदले वरिष्ठ उपाध्यक्ष खड्काको निवेदनपछि एन्फालाई पत्राचार गरेको हो । परिषदले यसअघि गत चैत २५ मा पनि एन्फासँग लिखित जानकारी उपलब्ध गराउन भन्दै पत्राचार गरेको थियो । तर एन्फाले त्यस विषयमा परिषदलाई अझैसम्म जानकारी नगराएको जनाइएको छ ।

‘परिषदको गत चैत २५ गतेको पत्रबाट ‘लिखित जानकारी उपलब्ध गराइदिने सम्बन्धमा’ विषयक पत्रबाट पत्राचार गरिएकोमा सो पत्रको हालसम्म जवाफ उपलब्ध नभएकोले सोको लिखित विवरण पेश गर्नुका साथै अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले परिषदसमक्ष यही साउन २० गते ‘राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार आवश्यक कारवाही गरिपाउँ’ भन्ने सम्बन्धमा भन्ने विषयको निवेदन प्राप्त भएकोले सो सम्बन्धमा संलग्न श्री पुनरावेदन अदालत पाटन संयुक्त इजलासबाट प्राप्त भएको पत्र थान ९ र परिषदको चैत २५ गतेको पत्रको छायाँ कपी थान एक गरि जम्मा १० थान यसै पत्रसाथ संलग्न राखी व्यहोरा उक्त पत्रहरुबाट अवगत गर्नुभई सो सम्बन्धमा आवश्यक कारवाही गरि यथार्थ विवरण पत्र प्राप्त मितिले तीन दिनभित्र परिषदमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ,’ राष्ट्रिय खेलकुद परिषदको संघ संस्था समन्वय शाखाका प्रमूख चन्द्रकुमार राईले एन्फालाई पठाएको पत्रमा लेखिएको छ ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।