चैत्र १२, २०८२ बिहीबार | १५:३८:३८
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

रोमाञ्चक जित निकाल्दै इन्टर मियामी अन्तिम १६ मा

काठमाडौं । इन्टर मियामीले लिग्स कपमा शुक्रबार टोरेन्टोविरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । यो जितसँगै मियामीले अन्तिम १६ को यात्रा तय गर्यो । 

चेज रंगशालामा मियामीलाई जित दिलाउन म्याटियस रोजसले दुई तथा डियागो गोमेज र लुइस स्वारेजले समान एक गोल गरे । टोरेन्टोका लागि लोरेन्जो इन्सिङ्गे दुई गोल गर्दा  एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको तेस्रो मिनेटमा रोजसको गोलमार्फत मियामीले अग्रता लिएको थियो । ११ औं मिनेटमा गोमेजले टोलीको अग्रता दोब्बर बनाए ।

इन्सिङ्गेले १५औं मिनेटमा गोल गर्दा खेल २१ को स्थितीमा आयो । २०औं मिनेटमा स्वारेजले गोल गर्दा मियामी ३-१ ले अगाडि बढ्यो ।

२७औं मिनेटमा डेविड मार्टिनेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटियो ।

इन्सिङगेले ४१औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-२ को स्थितीमा आयो । ५९औं मिनेटमा रोजसले ब्यक्तिगत गोल गर्दै मियामीलाई ४-२ को स्थितीमा पुर्याए ।

नोआ एलनबाट ७९औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा टोरेन्टोले खेलमा फर्किने संकेत दिएको थियो । तर त्यो पर्याप्त बन्न सकेन। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो