काठमाडौं । प्रि-सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले चिरपरिचत प्रतिद्धन्द्धी रियाल मड्रिडसवरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
अमेरिकाको मेटालाइफ रंगशालामा बार्सिलोनालाई जित दिलाउन दुवै गोल पाउ भिक्टरले गरे । रियालका लागि निको पाजले गोल फर्काए ।

खेलको ४२औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासलाई पोस्टको दिशा दिए ।
एलेक्स भ्यालेको पासलाई सदुपयोग गर्दै ५४औं मिनेटमा भिक्टरले नै टोलीको अग्रता दोब्बर बनाए ।
पाउले ८२औं मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले अर्दा गुलरको पासलाई जाली चुमाएका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
