चैत्र ७, २०८२ शनिबार | ११:१९:५४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सश्त्रविहिन सशस्त्र

काठमाडौं । दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत दोस्रो चरणका खेल चलिरहेका छन् ।

नेपाली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता पछिल्लो समय धेरै वर्षपछि आफ्नो मुल्यमान्यताअनुसार गरिँदैछ । अर्थात प्रतियोगिताको विजेता लगायत अंकतालिकाको माथिल्लो स्थान हासिल गर्ने टोलीहरु पुरस्कृत हुँदा पुछारमा सीमित हुने दुई टोली रेलिगेसनमा पर्नेछन् ।

१४ क्लब सहभागी लिगको १३ र १४औं स्थानमा सीमित हुनेको शीर्ष डिभिजन हैसियत गुम्नेछ । अर्को सिजन ती दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । ‘बी’ डिभिजनमा च्याम्पियन र उपविजेता हुने दुई टोली आगामी सिजन शीर्ष डिभिजनमा उक्लिनेछन् ।

सबै टोलीले एक-अर्काविरुद्ध खेलिसक्दा प्राप्त गर्ने अंकको आधारमा नेपाली फुटबलको संरचनामा नियमित परिवर्तन हुनेछ । त्यसैले सबै टोलीका दुई खेल पनि नसकिइसकेको अवस्थामा च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीको अनुमान बुद्धिमानीपूर्ण काम पक्कै पनि होइन ।

तर बिहानीले दिनको संकेत गर्ने भनेजस्तै सुरुका दुई चरणले पक्कै पनि भविश्यको केही प्रष्ट दृष्य देखाएका छन् । च्याम्पियनको अनुमान गर्न हतार हुन सक्छ । तर पहिलो दुई खेलबाट विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब चरम दबाबमा परिसकेको छ । विगतमा पनि प्रत्येक जसो सिजनमा रेलिगेसनबाट बाच्ने संघर्षमा लिग फुटबलको यात्रा अगाडि बढाइरहेको एपिएफको जर्सीमा विवादास्पद खेलको सहारामा शीर्ष डिभिजनको हैसियत जोगाएको दाग अझै बाँकी छ ।

गणितीय हिसावमा एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ समेत लिइसकेको एपिएफले पनि हैसियत गुमाउने भविश्यवाँणी गर्नु सर्वथा गलत हो । तर एपिएफको टिम र दुई खेलका नतिजासँगै ती दुई खेलको महत्व समेत मुल्यांकन गर्दा पक्कै पनि नेपाली फुटबलको सबभन्दा कान्छो विभागीय टोलीले सवैभन्दा बढि रेलिगेसनबाट बाँच्ने दबाबसँग जुधिरहेको छ भन्न हिच्किचाउनु पर्दैन ।

पहिलो चरणमा पराजय भोग्ने एक्लो एपिएफ होइन । पहिलो खेलमा चार टोलीले जितका साथ तीन अंक बटुल्दा ६ टोलीले बराबरी खेल्दै अंकको खाता खोले । चार टोलीले भने पराजय भोगेका थिए ।

पहिलो खेलमा हार भोग्नेमध्ये च्यासल युथ क्लबले दोस्रो खेलमा एपिएफ क्लबमाथि १-० को जित हासिल गरेको छ । पहिलो खेलमा अंकको खाता खोल्न नसकेका एनआरटी र जावलाखेलले आफ्नो खेल खेल्न बाँकी छ । तर एपिएफले भने सुरुका दुवै खेलमा जितमात्र होइन, अंकको खाता खोल्न समेत सकेको छैन ।

पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ को नतिजामा पराजित भएको एपिएफका लागि सुरुआति चरणका खेलको महत्व धेरै थियो । सामुदायिक क्लबहरु सबैले प्रतिभावान विदेशी खेलाडी अनुबन्ध गरेर प्रतिस्पर्धामा उत्रिँदा विभागीय टोलीहरुले नेपाली खेलाडीमाथि नै भर गरेका छन् ।

त्यसमाथि एपिएफको टोली तुलनात्मक रुपमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबभन्दा निक्कै कमजोर छ । जुन विगतका नतिजाहरुले प्रमाणित गरेका छन् ।

विदेशी खेलाडीको भर नलिएको कमजोर एपिएफले त्यही कारण यसपाली उपाधि लक्ष्य बनाएको थिएन । जारी लिगमा एपिएफको घोषित लक्ष्य नै मध्यपंक्ति थियो, भन्नुको मतलब रेलिगेसनबाट बाच्ने ।

लिगजस्तो लामो प्रतियोगितामा सुरुका एक–दुई वा तीन खेलको नतिजाले कुनै पनि विषयको टुंगो लाग्दैन । रेलिगेसनको पनि । तर रेलिगेसनबाट बाच्ने लक्ष्यमा रहेको टोलीका लागि जुनसुकै चरणमा भए पनि केही टोलीविरुद्धका नतिजाले निर्णायक अर्थ राख्छन् ।

हैसियत जोगाउने लडाईंमा होमिएको टोलीले च्याम्पियन बन्ने टोलीसँगको खेलमा नतिजा गुमाए पनि पुछारमा रहने अपेक्षा गरिएका विपक्षीबीचको प्रतिस्पर्धामा भने बाजी मार्नैपर्छ । जुन रणनीतिक यात्राको दुई खेलमा एपिएफ चुकिसकेको छ । सुरुआती चरण रेलिगेसनबाट बाच्ने लक्ष्यमा महत्वपूर्ण रहेको टोलीले तेस्रो खेल नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले तेस्रो चरणदेखिका खेलको मिति र खेलस्थल घोषणा गरिसकेको छैन । त्यसैले सातदोबाटोविरुद्धको खेल कहिले र कहाँ हुन्छ भन्ने टुंगो छैन । तर दोस्रो खेलमा शुक्रबार महारथी थ्री स्टारमाथि १–० को जित हासिल गर्दै सातदोबाटोले आफू कमजोर प्रतिद्वन्द्वी नरहेको चेतावनी भने प्रष्टसँग दिइसकेको छ ।

वरिष्ठ फुटबल पत्रकार दी काठमाडौं पोस्टका प्रज्वल ओली रणनीतिक रुपमा जित्नै पर्ने दुई खेल गुमाउँदा एपिएफ रेलिगेसनको नजिक पुगेको बताउँछन् । ‘पछिल्ला वर्षहरुमा एपिएफले लगातार रुपमा रेलिगेसनको दबाब सामना गर्दै आएको छ । जारी लिगमा पनि विदेशी खेलाडी र राष्ट्रिय टोलीका कुनै स्टार नभएको एकमात्र टोली एपिएफ हो,’ ओली भन्छन् ।

अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) बाट विश्वकै सर्वोत्कृष्ट स्तम्भ लेखनको पुरस्कार जित्न सफल ओलीको विचारमा नेपाली लिग भनेको क्रिकेटको ट्वान्टी २० प्रतिस्पर्धा जस्तै हो । जहाँ दूई ब्याट्सम्यान र एक बलरको दिन लाग्यो भने नतिजा जे पनि हुन सक्छ ।

‘ट्वान्टी २० क्रिकेटमा जस्तै नेपालको लिगमा पनि चार विदेशी खेलाडीको प्रदर्शनका आधारमा नतिजाको निर्णय हुन्छ,’ ओलीले भने, ‘यसपाली लिग खेलिरहेको एपिएफ पुरानो एपिएफ होइन । सशस्त्र प्रहरी बलको टोली भए पनि यो व्यावसायिक फुटबल क्लब हो । एएफसीको क्लब लाइसेन्स लिएर क्लब एपिएफ फुटबल क्लब भइसकेको छ । तर क्लबले व्यावसायिक तरिकाले टोली निर्माण भने गरेको छैन ।’

व्यावसायिक फुटबल क्लब भएको नाताले एपिएफ एफसीले पनि अरु सामुदायिक क्लबजस्तै विदेशी खेलाडी अनुबन्धन गर्न पाउँछ । लिग निर्देशक सञ्जीव मिश्र एन्फाको नजरमा सबै १४ क्लब समान भएको बताउँछन् । भन्छन्, ‘एपिएफ वा अन्य विभागीय टोलीले पनि आवश्यकताअनुसार चार जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्छन् ।’

तर शसस्त्र प्रहरी बलको व्यवस्थापन पुरानै सोचबाट ग्रसित देखिन्छ । घरेलु फुटबलका नयाँ स्टार अनुबन्ध गर्ने विषयमा टोली जति उदासिन छ उत्तिनै विदेशी खेलाडी भित्र्याउनमा पनि क्लबले कुनै चासो दिएको देखिँदैन । एपिएफ एएफसीको क्लब लाइसेन्सिङ प्रक्रिया पूरा गर्ने नेपालका चारमध्येको एक क्लब हो । एपिएफवाहेक साविक विजेता मछिन्द्र फुटबल क्लब, साविक उपविजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबले एएफसीको क्लब लाइसेन्स लिएका छन् ।

टोलीका मुख्य प्रशिक्षक कुमार थापाले दोस्रो खेलमा च्यासलसँग पराजित भएपछि पत्रकार सम्मेलनमै निराशा पोखे । ‘दुई लाख तलब खाने खेलाडी र सिपाहीको तलबमा खेल्नेबीच तुलना हुँदैन,’ टोलीमा खेलको नतिजा परिवर्तन गर्न सक्ने स्टार खेलाडी नभएकोमा थापा दुःखी थिए ।

देशकै एउटा प्रतिष्ठित सुरक्षा निकायले फेरी पनि रेलिगेसनबाट जोगिन विवादास्पद खेलहरुको सहारा लिने बाटो नरोज्ने हो भने अझै पनि चार विदेशी खेलाडी अनुबन्ध गर्न ढिलो गर्नु नहुने एन्फाका एक वरिष्ठ अधिकारीले बताए ।

‘नेपाली फुटबलमा एपिएफको छवि त्यति राम्रो छैन । तर यस्तो विभाग नेपाली फुटबललाई नभई हुँदैन । त्यसैले यो सिजनका लागि राम्रा चार विदेशी खेलाडी ल्याएर हैसियत जोगाउने अनि अर्को सिजनदेखिका लागि देशकै स्टार खेलाडी भित्र्याउन अघि बढ्नुपर्छ,’ ती अधिकारीले भने, ‘एपिएफ फुटबल क्लब भनेको एपिएफ होइन । अर्थात यो सशस्त्र प्रहरी बल होइन । यो त व्यावसायिक फुटबल क्लब हो । व्यावसायिक फुटबल क्लब चलाउँदा त्यहीअनुसार आर्थिक जोखिम लिन सक्नुपर्छ । परम्परागत तरिकाले हुँदैन ।’

एन्फाका ती पदाधिकारीको भनाई मान्ने हो भने अझै पनि एपिएफलाई रेलिगेसनको दाबेदार भन्नु हतार हुन सक्छ । अर्थात बाँकी खेलबाट एपिएफले शीर्ष डिभिजनमा हैसियत जोगाउने आधार तयार गर्न सक्छ ।

एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार टोलीले तेस्रो खेल सातदोबाटोसँग खेल्नेछ भने चौथो खेल थ्री स्टार, पाँचौं फ्रेन्ड्स, छैटौं एनआरटी, सातौं त्रिभुवन आर्मी फुटबल क्लब, आठौं जावलाखेल, नवौं हिमालयन शेर्पा क्लब, १०औं संकटा, ११औं मनाङ, १२औं नेपाल पुलिस र अन्तिम खेलमा मछिन्द्र क्लबसँग खेल्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो