पुस २५, २०८२ शनिबार | १६:०६:५६
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

सिरी ‘ए’ जित्ने इन्टरको लक्ष्यः प्रशिक्षक इन्जाघी

मिलान । इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानका प्रशिक्षक सिमोन इन्जाघीले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

‘शीर्ष खेलाडीको बर्हिगमनले क्लबमा असर पर्ने धेरैले अनुमान गरेका थिए । तर टोलीले लय गुमाएको छैन । खेलाडीहरु क्षमतावान छन् ,’ इन्जाघीले भने, ‘हामी एक टोलीको रुपमा दिनप्रतिदिन राम्रो गर्दै गइरहेका छौं ।

शनिबार इटालियन सिरी ‘ए’ मा भेनेजियालाई २–० हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको इन्टर मिलानले शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानमाथि दबाब बढाएको छ ।

मिलानको जितमा हाकान चालहनोग्लु र लाउटरो मार्टिनेजले समान एक गोल गरेका थिए ।

यसै सिजन एसी मिलानबाट इन्टर मिलानमा अनुबन्ध भएका हाकानले क्लबका लागि चार गोल गरेका छन् ।

इन्जाघीले  रोमेलु लुकाकु, क्रिस्टियन एरिक्सन र हाकिमीजस्ता खेलाडीको कमी खड्किए पनि राम्रो साता बितेको बताए ।

लुकाकु इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र हाकिमी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुवन्धित हुँदा सन् २०२० को युरोपियन च्याम्पियनशिपमा ह्रृदयघातका कारण मैदान बाहिर रहेका एरिक्सन हालसम्म मैदान फर्किएका छैनन् ।

‘मैले उत्कृष्ट टोलीलाई प्रशिक्षण गरिरहेको छु । सिजनको सुरुआतमा टोलीले लुकाकु र हाकिमीजस्ता खेलाडीलाई गुमायो,’ उनले भने, ‘तर यो साता हाम्रो लागि उत्कृष्ट रह्यो । हामीले राम्रो खेल्यौ । भेनेजियासँगको खेल सधै जोखिमपूर्ण हुन्छ ।’

तालिकामा १४ खेलबाट ३१ अंकका साथ तेस्रो स्थानमा रहेको इन्टरभन्दा माथी एक खेल कम खेलेका नेपोली र एसी मिलान क्रमश शीर्ष र दोस्रो स्थानमा छन् ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||