चैत्र १३, २०८२ शुक्रबार | ०३:४३:५७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सिरी ‘ए’ जित्ने इन्टरको लक्ष्यः प्रशिक्षक इन्जाघी

मिलान । इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानका प्रशिक्षक सिमोन इन्जाघीले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

‘शीर्ष खेलाडीको बर्हिगमनले क्लबमा असर पर्ने धेरैले अनुमान गरेका थिए । तर टोलीले लय गुमाएको छैन । खेलाडीहरु क्षमतावान छन् ,’ इन्जाघीले भने, ‘हामी एक टोलीको रुपमा दिनप्रतिदिन राम्रो गर्दै गइरहेका छौं ।

शनिबार इटालियन सिरी ‘ए’ मा भेनेजियालाई २–० हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको इन्टर मिलानले शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानमाथि दबाब बढाएको छ ।

मिलानको जितमा हाकान चालहनोग्लु र लाउटरो मार्टिनेजले समान एक गोल गरेका थिए ।

यसै सिजन एसी मिलानबाट इन्टर मिलानमा अनुबन्ध भएका हाकानले क्लबका लागि चार गोल गरेका छन् ।

इन्जाघीले  रोमेलु लुकाकु, क्रिस्टियन एरिक्सन र हाकिमीजस्ता खेलाडीको कमी खड्किए पनि राम्रो साता बितेको बताए ।

लुकाकु इङ्लिस प्रिमियर लिग क्लब चेल्सी र हाकिमी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) अनुवन्धित हुँदा सन् २०२० को युरोपियन च्याम्पियनशिपमा ह्रृदयघातका कारण मैदान बाहिर रहेका एरिक्सन हालसम्म मैदान फर्किएका छैनन् ।

‘मैले उत्कृष्ट टोलीलाई प्रशिक्षण गरिरहेको छु । सिजनको सुरुआतमा टोलीले लुकाकु र हाकिमीजस्ता खेलाडीलाई गुमायो,’ उनले भने, ‘तर यो साता हाम्रो लागि उत्कृष्ट रह्यो । हामीले राम्रो खेल्यौ । भेनेजियासँगको खेल सधै जोखिमपूर्ण हुन्छ ।’

तालिकामा १४ खेलबाट ३१ अंकका साथ तेस्रो स्थानमा रहेको इन्टरभन्दा माथी एक खेल कम खेलेका नेपोली र एसी मिलान क्रमश शीर्ष र दोस्रो स्थानमा छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो