काठमाडौं । न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा लगातार दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार एनआरटीले एफसी खुमलटारविरुद्ध १-० को कठिन जित निकाल्यो । खेलको ६२औं मिनेटमा सन्तोष गोन्ग्बाले गरेको एक मात्र गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो ।

दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको एनआरटी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ ।
पहिलो खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २-१ तथा खुमलटारले सातदोबाटोलाई २-० ले पराजित गरेका थिए ।
बुधबार नै सम्पन्न खेलमा चर्च ब्वाइजले थ्री स्टार क्लबविरुद्ध १-० को कठिन जित निकालेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
