काठमाडौं । न्युरोड टिम (एनआरटी)ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा लगातार दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार एनआरटीले एफसी खुमलटारविरुद्ध १-० को कठिन जित निकाल्यो । खेलको ६२औं मिनेटमा सन्तोष गोन्ग्बाले गरेको एक मात्र गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो ।

दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको एनआरटी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको खुमलटारको समान खेलबाट तीन अंक छ ।
पहिलो खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २-१ तथा खुमलटारले सातदोबाटोलाई २-० ले पराजित गरेका थिए ।
बुधबार नै सम्पन्न खेलमा चर्च ब्वाइजले थ्री स्टार क्लबविरुद्ध १-० को कठिन जित निकालेको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
