माघ १८, २०८२ आइतबार | २३:२४:१३
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

एपिएफको महिला टोलीले सुरु गर्याे प्रशिक्षण, तामाङ प्रशिक्षक

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको लागि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई क्लबले अनुबन्ध गरेको छ । तामाङसँगै गोलकिपर प्रशिक्षक विनोद डंगोल पनि प्रतियोगिताको लागि अनुबन्ध भएका हुन् ।

राष्ट्रिय टोलीकी पूर्व कप्तान अनु लामाको कप्तानीमा रहेको एपिएफले केही युवा खेलाडीसहित प्रशिक्षण सुरु गरेको हो । टोलीमा अनुसहित राष्ट्रिय टोलीका अधिकांश खेलाडी छन् ।

राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, प्रीति राई, गिता राना, सरु लिम्बु, रेनुका नगरकोटे, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनिता केसी लगायत छन् ।

आधा लिग खेलाएर एन्फाले एपिएफलाई च्याम्पियन बनाउँदा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलेकी रश्मीकुमारी घिसिङ पनि एपिएफमा आवद्ध भएकी छिन् ।

फ्रान्सको लिग खेलिरहेकी सावित्रा भने लोनमा प्रतियोगिता खेल्ने एपिएफले जनाएको छ ।

एएएफसीले पहिलो पटक महिला च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो ।

प्रारम्भिक छनोटका खेल जुलाई १८ मा टुंगो लाग्नेछ । छनोट खेलहरु २५ देखि ३१ अगष्टसम्म हुनेछ ।

च्याम्पियन्स लिगमा नेपाल र भारतसहित जापान, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया लगायत देशका क्लबहरु छन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।