चैत्र १३, २०८२ शुक्रबार | ०१:५८:०२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एपिएफको महिला टोलीले सुरु गर्याे प्रशिक्षण, तामाङ प्रशिक्षक

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको लागि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई क्लबले अनुबन्ध गरेको छ । तामाङसँगै गोलकिपर प्रशिक्षक विनोद डंगोल पनि प्रतियोगिताको लागि अनुबन्ध भएका हुन् ।

राष्ट्रिय टोलीकी पूर्व कप्तान अनु लामाको कप्तानीमा रहेको एपिएफले केही युवा खेलाडीसहित प्रशिक्षण सुरु गरेको हो । टोलीमा अनुसहित राष्ट्रिय टोलीका अधिकांश खेलाडी छन् ।

राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, प्रीति राई, गिता राना, सरु लिम्बु, रेनुका नगरकोटे, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनिता केसी लगायत छन् ।

आधा लिग खेलाएर एन्फाले एपिएफलाई च्याम्पियन बनाउँदा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलेकी रश्मीकुमारी घिसिङ पनि एपिएफमा आवद्ध भएकी छिन् ।

फ्रान्सको लिग खेलिरहेकी सावित्रा भने लोनमा प्रतियोगिता खेल्ने एपिएफले जनाएको छ ।

एएएफसीले पहिलो पटक महिला च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो ।

प्रारम्भिक छनोटका खेल जुलाई १८ मा टुंगो लाग्नेछ । छनोट खेलहरु २५ देखि ३१ अगष्टसम्म हुनेछ ।

च्याम्पियन्स लिगमा नेपाल र भारतसहित जापान, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया लगायत देशका क्लबहरु छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो