माघ १५, २०८२ बिहीबार | ०८:३४:५६
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

उरुग्वेलाई कोलम्बियाको चुनौती

काठमाडौं । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा बिहीबार उरुग्वे र कोलम्बिया भिड्दै छन् । खेल अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा नेपाली समय अनुसार बिहान ५ः४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुवै टिम लयमा छन् । अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक कोपा उपाधि जितेको उरुग्वे कीर्तिमानी १६औं उपाधि जित्ने लक्ष्यमा छ ।

उरुग्वेले  क्वार्टरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।

कोलम्बियाविरुद्ध रक्षक नाहितान नान्डेज उपस्थित हुने छैनन् । उनले ब्राजिलविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेका थिए । यसैगरी अर्का रक्षक रोनाल्ड अराउजो पनि चोटका कारण प्रतियोगिताबाट बाहिइसकेका छन् ।

उरुग्वे डार्विन नुनेज, फकुन्डो पेलिस्ट्री, फेडेरिको भाल्भर्डे, म्याक्सिमिलीयानो अराउजो जस्ता खेलाडीका साथ मैदान उत्रिनेछन् ।

यता कोलम्बियाले पानामालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले अहिलेसम्म २००१ मा एक पटक कोपा जितेको छ।

कोलम्बिया जेम्स रोड्रिगेज, मिगेल ब्रोजा, लुइस डियाज, ड्यानिल मुनोज जस्ता खेलाडीका साग मैदान उत्रिने छ ।

हालसम्म यी दुई टोलीबीच ४५ खेल भएका छन् । जसमा उरुग्वेले २० र कोलम्बियाले १४ जित निकाल्दा ११ खेल बराबरीमा सकिएको छ ।

यो खेलको विजेताले उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हाे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।