चैत्र १४, २०८२ शनिबार | २२:३१:५०
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

अर्जेन्टिना र क्यानाडा भिड्दै

काठमाडौं । कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा बुधबार साविक विजेता अर्जेन्टिनाले क्यानाडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अमेरिकाको मेटलाइफ रंगशालामा बिहान ५ः४५ बजे सुरु हुनेछ ।

कोपा अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना र क्यानडा एउटै समूहबाट अगाडि बढेका हुन् । समूह ‘ए’ बाट अर्जेन्टिना विजेता  र क्यानाडा उपविजेता हुँदै नकआउट चरणमा पुगेका थिए । ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्यानाडा दुवैले सुटआउटमा जित निकालेका थिए । अर्जेन्टिनाले इक्वेडरलाई  ४-२ तथा क्यानाडाले भेनेजुएलालाई ४-३ ले हराएका थिए ।

विश्व फुटबल महासंघ (फिफा) वरीयतामा अर्जेन्टिनाभन्दा क्यानाडा निकै पछाडि छ । अर्जेन्टिना शीर्ष र क्यानाडा ४८औं स्थानमा छन् ।

कोपा अमेरिकामा हालसम्म सर्वाधिक १५ पटक उपाधि जितेको अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई लुकास मार्टिनेज, गोन्जालो मोन्टियल, रोड्रिगो डी पल, जुलियन अल्भारेज, एन्जल डी मारिया जस्ता खेलाडीको साथ रहेनछ । 

यता क्यानाडा भने पहिलो सहभागितामै सेमिफाइन पुग्न सफल भएको छ । अलफन्सो डेभिसको कप्तानीमा रहेको क्यानाडा जोनाथन डेभिड, ज्याकोब साफेलबर्ग, एलिस्टियर जोन्सटन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

हालसम्म अर्जेन्टिना र क्यानाडाबीच मात्र दुई खेल भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।

अर्जेन्टिनाले सन् २०१० मा ५-० र जारी प्रतियोगिताको समूह चरणमा २-० को जित निकालेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो