माघ १७, २०८२ शनिबार | २२:३३:४७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

अर्जेन्टिना र क्यानाडा भिड्दै

काठमाडौं । कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा बुधबार साविक विजेता अर्जेन्टिनाले क्यानाडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अमेरिकाको मेटलाइफ रंगशालामा बिहान ५ः४५ बजे सुरु हुनेछ ।

कोपा अमेरिकाको जारी संस्करणमा अर्जेन्टिना र क्यानडा एउटै समूहबाट अगाडि बढेका हुन् । समूह ‘ए’ बाट अर्जेन्टिना विजेता  र क्यानाडा उपविजेता हुँदै नकआउट चरणमा पुगेका थिए । ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्यानाडा दुवैले सुटआउटमा जित निकालेका थिए । अर्जेन्टिनाले इक्वेडरलाई  ४-२ तथा क्यानाडाले भेनेजुएलालाई ४-३ ले हराएका थिए ।

विश्व फुटबल महासंघ (फिफा) वरीयतामा अर्जेन्टिनाभन्दा क्यानाडा निकै पछाडि छ । अर्जेन्टिना शीर्ष र क्यानाडा ४८औं स्थानमा छन् ।

कोपा अमेरिकामा हालसम्म सर्वाधिक १५ पटक उपाधि जितेको अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई लुकास मार्टिनेज, गोन्जालो मोन्टियल, रोड्रिगो डी पल, जुलियन अल्भारेज, एन्जल डी मारिया जस्ता खेलाडीको साथ रहेनछ । 

यता क्यानाडा भने पहिलो सहभागितामै सेमिफाइन पुग्न सफल भएको छ । अलफन्सो डेभिसको कप्तानीमा रहेको क्यानाडा जोनाथन डेभिड, ज्याकोब साफेलबर्ग, एलिस्टियर जोन्सटन जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

हालसम्म अर्जेन्टिना र क्यानाडाबीच मात्र दुई खेल भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।

अर्जेन्टिनाले सन् २०१० मा ५-० र जारी प्रतियोगिताको समूह चरणमा २-० को जित निकालेको थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।