चैत्र १३, २०८२ शुक्रबार | ०६:३१:०२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

यु-२० टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छानिए

तस्विरः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि  ४० खेलाडी छनोट गरेको छ ।

टोली निर्माणका लागि एन्फाले खुला छनोट गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न केन्द्रीय छनोटमा करिब ४०० खेलाडीको सहभागिता थियो ।

यो टोलीले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप र यु-२० एसियन कप छनोट खेल्नेछ ।

टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् । श्रेष्ठले यसअघि नेपालको यु-१७ टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह सकेका छन् ।

साफ यु २० च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुदैछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ । यसैगरी नेपालले पाकिस्तानविरुद्ध भदौ ३ र बंगलादेशविरुद्ध भदौ ६ मा खेल्नेछ ।

यसैगरी यु-२० एसिया कप छनोटको समूह ‘बी’ मा नेपाल चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् । यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेइमा हुनेछ।

एन्फाले छनोट भएका सबै खेलाडीलाई शनिबार दिसँसो चार बजे एन्फा कम्प्लेक्समा सम्पर्क गर्न अनुरोध गरेको छ । 

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो