माघ १८, २०८२ आइतबार | ०९:३८:००
समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ?

ओलिससँग बायर्नको पाँच वर्ष सम्झौता

काठमाडौं । बुन्डेसलिगा क्लब बायर्न म्युनिखले क्रिष्टिल प्यालेसबाट माइकल ओलिसलाई पाँच वर्षको लागि अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लबबाट बायर्नले ६० मिलियन युरोमा २२ वर्षीय विंगरलाई भित्रायो ।

इङ्ल्यान्डमा जन्मिएका ओलिसले फ्रान्सबाट खेल्दै आएका छन् । उनले यु–२१ टिमबाट खेलिसकेका छन् । प्यालेसबाट तीन सिजन खेल्दा ९० खेल खेलिसके ।

ओलिस यसअघि  सन् २०२१ जुलाईमा प्यालेससँग पाँच वर्षको लागि अनुबन्ध भएका थिए । उनलाई लिन चेल्सी र न्युक्यासलले इच्छा देखाएका थिए । तर, भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको बायर्न पुगेका छन् ।

‘नयाँ क्लबमा खेल्न पाउँदा निकै खुसी छु । ठूलो क्लबमा खेल्न पक्कै दबाब हुनेछ,’ ओेलिसले भनेका छन्, ‘स्तरिय प्रदर्शन गर्न उत्साहित छु ।’

पछिल्लो सिजत ओलिसले १९ प्रिमियर लिग खेलमा १० गोल गरेका थिए । उनी पेरिस ओलम्पिक खेल्न फ्रान्सको टिममा छनोट भएका छन् । 

ओलिसपछि बायर्नले फुलमहका जोआओ पाल्हिन्हालाई भित्राउने योजना बनाएको छ । समरमा २८ वर्षीय खेलाडी भित्राउने अन्तिम तयारी छ ।

लगातार ११ वर्ष उपाधि उचालेको बायर्न पछिल्लो पटक उपाधि बिहिन बनेको थियो । बायर्न लेभरकुसेन ऐतिहासिक उपाधि जित्न सफल भएको हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।