काठमाडौं । सेक्रेड हार्ट र छहारी स्कुल काठमाडौं जिल्लाव्यापी छात्रा अन्तर स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
यससँगै प्रतियोगिताको समिफाइनल समीकरण पूरा भएको छ । यसअघि नै नेपाल राष्ट्रिय मावि र सांग्रीलाले समिफाइनलमा स्थान बनाइसकेका थिए ।
सानो गौचरणमा शनिबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा सेक्रेड हार्टले ब्राइट एन्गल स्कुलविरुद्ध ३-० को सहज जित निकाल्यो ।
यसैगरी शनिबार नै समपन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा छहारीले मंगलदेवी माविलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो ।
सेमिफाइनलमा सेक्रेड हार्टले नेपाल राष्ट्रिय मावि तथा छहारीले सांग्रीला स्कुलको सामना गर्नेछन् ।
असार २२ सम्म हुने प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा भइरहेको हो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
