काठमाडौं । सेक्रेड हार्ट र छहारी स्कुल काठमाडौं जिल्लाव्यापी छात्रा अन्तर स्कुल फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
यससँगै प्रतियोगिताको समिफाइनल समीकरण पूरा भएको छ । यसअघि नै नेपाल राष्ट्रिय मावि र सांग्रीलाले समिफाइनलमा स्थान बनाइसकेका थिए ।
सानो गौचरणमा शनिबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा सेक्रेड हार्टले ब्राइट एन्गल स्कुलविरुद्ध ३-० को सहज जित निकाल्यो ।
यसैगरी शनिबार नै समपन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा छहारीले मंगलदेवी माविलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो ।
सेमिफाइनलमा सेक्रेड हार्टले नेपाल राष्ट्रिय मावि तथा छहारीले सांग्रीला स्कुलको सामना गर्नेछन् ।
असार २२ सम्म हुने प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा भइरहेको हो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
